दार्चुला : दार्चुलामा विद्यालयबाट घर फर्कने क्रममा ढुङ्गा लागेर एक बालिका गम्भीर घाइते भएकी छिन् । जिल्लाको महाकाली नगरपालिका–७ स्थित लटिनाथ आवि थालिगाडमा कक्षा ५ मा अध्ययनरत ११ वर्षीया पुष्पा थापाको विद्यालयबाट घर फर्कने क्रममा खुट्टामा ढुङ्गा लागेको हो ।
सोमवार दिउँसो विद्यालयबाट घर गइरहेकी थापाको माथिबाट खसेको ढुङ्गाले दुबै खुट्टा भाँचिएको छ । उनको दाँया खुट्टा घुडामुनि पूरै भाँचिएको छ भने बाँया खुट्टामा पनि गम्भीर चोट छ । घटनास्थलबाट उद्धार गरी जिल्ला अस्पताल दार्चुला पुर्याइएकी थापालाई यहाँ सामान्य उपचार पछि थप उपचारका लागि प्रादेशिक अस्पताल धनगढी पठाइएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्मर दत्त भट्टले जानकारी दिए ।
यस्तै उनलाई जिल्ला अस्पतालबाट सहयोग रकम संकलन गरी एम्बुलेन्समार्फत धनगढी पठाइएको छ । परिवारको आर्थिक अवस्था कमजोर रहेकोले उपचारमा सहयोगको अपिल गरिएको छ ।
सहयोगका लागि “QR”

यो खबर तपाईंलाई कस्तो लाग्यो?

