दार्चुलामा जीप दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

दार्चुलामा जीप दुर्घटनामा दुई जनाको मृत्यु, चार घाइते

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने चार जना घाइते भएका छन् । मङ्गलवार बिहान ९ बजेको समयमा शैल्यशिखर नगरपालिका-४ ओसिलमा जीप दुर्घटना भएको हो । काँडापारीबाट गोकुलेश्वरतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०१-००१ ज १६४१ नम्बरको जीप कोदेखला भन्ने स्थानमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

जीप दुर्घटनामा महाकाली नगरपालिका-६ निसिल बस्ने अन्दाजी वर्ष ३२ की मनिसा चन्द पाल र शैल्यशिखर नगरपालिका-१ बलाँचका ४५ वर्षीय भरत तितराको मृत्यु भएको छ ।

यस्तै शैल्यशिखर नगरपालिका-४ काँडापारीका जीप चालक २२ वर्षिय प्रकाश ठगुन्ना, सोही ठाउँका २५ वर्षिय विक्रम महर, ओसिल बस्ने वर्ष ५० का अकबर सिंह ठगुन्ना र मालिकार्जु‌न गाउँपालिका-५ डाँडाकोट बस्ने ४५ वर्षीय मीन बहादुर पाल घाइते भएका छन् ।

घाइतेहरुलाई गोकुलेश्वर अस्पताल ल्याइएको छ । जीप सडकबाट करिब २०० मिटर तल खसेको थियो । मृतक पाल र तितरा तथा घाइते पाल जलस्रोत तथा सिचाई डिभिजन कार्यालय दार्चुलामा कार्यरत कर्मचारी हुन् ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *