दार्चुलामा विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ट तथा सेवा निवृत्त कर्मचारी सम्मानित

दार्चुलामा विश्व हुलाक दिवसका अवसरमा उत्कृष्ट तथा सेवा निवृत्त कर्मचारी सम्मानित


दार्चुला : विश्व हुलाक दिवस–२०२६ को अवसरमा जिल्ला हुलाक कार्यालय दार्चुलाले उत्कृष्ट कर्मचारी तथा सेवा निवृत्त कर्मचारीलाई सम्मान गरेको छ। ‘One postal network, infinite possibilities’ अर्थात् ‘एक हुलाक सञ्जाल, अनन्त सम्भावना’ भन्ने नाराका साथ १५२औं विश्व हुलाक दिवसका अवसरमा आयोजित कार्यक्रममा कर्मचारीहरूको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

सम्मानित हुनेमा आर्थिक वर्ष २०८२/०८३ को कार्य सम्पादनमा उकृष्ट कर्मचारीतर्फ हुलाक कार्यालय अपिहिमालमा कार्यरत हुलाक प्रतिनिधि सुन्दर सिंह कार्की र जिल्ला हुलाक कार्यालयका हल्कारा नारायण दत्त बडू रहेका छन् ।

यस्तै सेवा निवृत्त कर्मचारीहरु हुलाकी हरी दत्त जोशी, राम दत्त जोशी, बल बहादुर पाल, दल बहादुर पाल, धनमती महता, अर्जुन सिंह विष्ट, हल्कारा पदम सिंह धामी र विशन सिंह बुढाथोकी सम्मानित भएका छन् । उनीहरुलाई प्रशंसा पत्र र खादाले सम्मान गरिएको हो ।

हुलाक सेवाको प्रभावकारिता अभिवृद्धि, सेवा प्रवाहमा सुधार तथा संस्थाप्रति कर्मचारीले पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उत्कृष्ट कर्मचारी र सेवा निवृत्त कर्मचारीलाई सम्मान गरिएको जिल्ला हुलाक कार्यालय दार्चुलाका निमित्त हुलाक अधिकृत बिरेन्द्र सिंह धामीले बताए ।

सन् १८७४ मा स्विट्जरल्यान्डको बर्नमा विश्व हुलाक संघ (UPU) को स्थापना भएको दिनको सम्झनामा यो दिवस मनाउन थालिएको हो। हरेक वर्ष अक्टोवर ९ तारिखमा विश्व हुलाक दिवस मनाउने गरिन्छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *