नजरिया

महिला कृषकहरुलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम

दार्चुला : दार्चुलाका कृषक महिलाहरूलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा र सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली नगरपालिका-८ काँकडाको संयुक्त आयोजनामा प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम संचालन गरिएको हो ।सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रका महिला कृषकहरु आर्थिक उपार्जन, कृषि खेती र जीविकोपार्जनका क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । शनिवार राष्ट्रिय महिला किसान महासंघ केन्द्रीय

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

दार्चुला : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका अन्य नेताको उपस्थितिमा बिहिवार राति डडेल्धुरामा बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो । यसअघि, बहुमतका आधारमा दलका नेताबाट हटाइएका भट्टलाई पुनः नेता चयन गर्न माओवादी पार्टी र अध्यक्ष प्रचण्डले संसदीय दललाई लिखित, मौखिक निर्देशन दिदैं आएको भए पनि कार्यान्वयन भएको थिएन् ।  २०८० माघ १२ गते

जिल्ला प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाको समन्वयमा प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको हो । जिल्ला हुलाक कार्यालयबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले प्रशासनमै

दार्चुलामा सबैभन्दा कम बेरुजु अपिहिमालमा, ब्याँसमा धेरै

दार्चुला :  महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरुमध्ये बढी बेरुजुमा ब्याँस गाउँपालिका परेको छ । ब्याँस गाउँपालिकाले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ। त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका  रहेको छ। शैल्यशिखर नगरपालिकामा ३.५७ प्रतिशत बेरुजु देखिएको छ। यस्तै महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । त्यहाँ ०.३८ प्रतिशत

विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन । आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।

सिनियर अहेव जोशीद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख

निजी क्षेत्रको समस्या समाधान सरकारको प्रमुख प्राथमिकता : अर्थमन्त्री पौडेल

काठमाडौं : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रमा देखिएका समस्या समाधान गर्नु सरकारको प्रमुख प्राथमिकता रहेको बताउनुभएको छ । आर्थिक वर्ष २०८२र८३ को बजेटका सम्बन्धमा सोमबार नेपाल चेम्बर अफ कमर्ससँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले अगामी आर्थिक वर्ष २०८२र८३ मा बजेटमार्फत निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रको सुधारका लागि ठोस कदम चाल्ने बताउनुभयो । अर्थतन्त्रमा निजी क्षेत्रको भुमिकालाई स्पष्ट रूपमा बुझ्ने दाबी गर्दै विगतका ढिलासुस्ती

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली हुने

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप

एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक

काठमाडौं : अखिल नेपाल फुटबल संघ एन्फाको साधारण सभामा पूर्वअध्यक्ष गणेश थापालाई प्रवेशमा रोक लगाइएपछि शुक्रवर धुलिखेलमा विवाद भएको छ । पूर्वअध्यक्ष थापालाई साधारण सभास्थलको गेटमै सुरक्षाकर्मीले रोकेपछि केही समय वातावरण तनावपूर्ण बनेको हो । यद्यपि भित्र साधारणसभा भने सञ्चालन भइरहेको छ । साधारण सभाको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष टंकलाल घिसिङले गर्नुभयो । एन्फाले प्रवेश पास नभएको भन्दै थापालाई रोक लगाएको बताएको छ । यससँगै उल्लेख्य संख्यामा सुरक्षाकर्मीहरू पनि