बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि ५ दिने तालिम सम्पन्न
दार्चुला : बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुका लागि आयोजना गरिएको ५ दिने क्षमता विकास तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिकाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको प्राविधिक सहयोगमा कात्तिक २८ गतेदेखि सञ्चालन गरिएको तालिम आइतवार सम्पन्न भएको हो । गुणस्तरीय सिकाईका लागि विद्यालय शिक्षा क्षेत्र योजना तथा बजेट निर्माणमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बहुभाषिक शिक्षा सम्बन्धी शिक्षकहरुलाई तालिम दिइएको थियो । बहुभाषिक शिक्षाको महत्व, मातृभाषामा शिक्षण गर्दा प्राप्त