भूमि आयोग दार्चुलाको अध्यक्षमा धामी
राष्ट्रिय भूमि आयोग दार्चुलाको अध्यक्षमा लाल सिंह धामी नियुक्त भएका छन् । धामी पुःन भूमि समस्या समाधान आयोग दार्चुलाको अध्यक्षमा नियुक्त भएका हुन् । सोमवार ७१ जिल्लामा अध्यक्ष नियुक्त गरिएको छ । भूमि व्यवस्था मन्त्रालयले आयोगका अध्यक्षहरुको नियुक्ति गरेको हो । सुदूरपश्चिम प्रदेशमा ७ जिल्लाका लागि अध्यक्ष नियुक्त गरेको छ । अध्यक्षमा सत्ता साझेदार दल नेकपा एमाले र नेपाली कांग्रेस बीच भागबन्डा भएको छ । यस्तै बैतडीमा रमेश दत्त पाण्डेय,










