नजरिया

दार्चुला बहुमुखी क्याम्पस स्ववियुद्वारा वादविवाद प्रतियोगिता सम्पन्न

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनले आयोजना गरेको वादविवाद प्रतियोगिता सम्पन्न भएको छ । विजया दशमी तथा शुभदीपावलीको अवसरमा शुभकामना आदानप्रदान गर्ने कार्यक्रम राखेर युवाहरुको बढ्दो वैदेशिक यात्रा, रहर कि बाध्यता भन्ने शीर्षकमा वादविवाद प्रतियोगिता गरिएको हो । प्रतियोगितामा क्याम्पसका १८ जना विद्यार्थीहरुले सहभागिता जनाएको दार्चुला बहुमुखी क्याम्पस स्ववियु अध्यक्ष कृष्ण धामीले जानकारी दिए । वादविवाद प्रतियोगितामा प्रतियोगी खडक सिंह ठगुन्नाले प्रथम स्थान हासिल गरे ।

बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रममार्फत नगद उपलब्ध गराइने

दार्चुला : महाकाली नगरपालिकाको ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रम’ मार्फत उपलब्ध हुँदै आएको खाद्यान्नको सट्टा अब नगद उपलब्ध गराइने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि खाद्यान्नको सट्टा नगद उपलब्ध गराउँने तयारी गरेको हो । कार्यविधि संशोधन गरेर लाभान्वित आमाबुवाहरुलाई नगद उपलब्ध गराउने तयारीमा रहेको महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले जानकारी दिए । खाद्यान्नमा गुणस्तर, ढुवानी खर्चसहितलाई हेरेर नगद उपलब्ध गराउने कार्यविधि तयार पारिएको उनले बताए । परिवारजनमा छोराछोरी

बैतडीमा जिप दुर्घटना, ६ जना घाइते

दार्चुला । बैतडीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। बिहीबार राति दशरथचन्द नगरपालिका–३ को छेलाबाट दुर्गाभवानी जाँदै गरेको से १ ज ३२० नम्बरको जिप अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ। घाइते हुनेहरूमा दशरथचन्द नगरपालिका ३ का ४५ वर्षीय दिलिप नाथ, सोहि ठाउँका ३९ वर्षीय भानदेव नाथ, ४० वर्षीया अनिता नाथ, ४६ वर्षीय केशव नाथ,१६ वर्षीय सुशील नाथ र जिप चालक दशरथ नाथ रहेका छन्। घाइते मध्ये दिलिपको

गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता

दार्चुला : दार्चुलाको गोकुलेश्वरका एक युवा भारतको बेंग्लोरमा बेपत्ता भएका छन् । शैल्यशिखर नगरपालिका-९ गोकुलेश्वरस्थित् भोलिया घर भएका २५ वर्षिय किरन चन्द गत शनिवारदेखि बेंग्लोरमा बेपत्ता भएका हुन् । रोजगारीको शिलशिलामा बेंग्लोरको माराथली बजार पुगेका चन्द त्यहाँ पुगेको केही समयपछि गत शनिवारदेखि बेपत्ता भएको उनको पारिवारीक स्रोतले जनाएका छन् । चन्द अहिलेसम्म सम्पर्कमा आएका छैनन्। उनी बेपत्ता भएपछि खोजीका लागि आफन्तले सबैलाई आग्रह गरेका छन्। उनलाई कसैले कहीँ कतै देखे

बसपार्क क्षेत्रमा प्रहरीको यात्रु सहायता कक्ष

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम स्थितको बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेका चाडपर्वलाई मध्यनजर गरेर महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बुधवार यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याइएको छ । नजिकै आइरहेका दशैँ, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्ति राज जोशीले

दार्चुलामा जीप दुर्घटना, तीन जना घाइते

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–५ ओखडानीमा बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५९४ नम्बरको जीप दुर्घटना भएको हो । शैल्यशिखर नगरपालिका-५ बगौरादेखि सेत्कला जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिश सिंह धामी, सोही वडाका २१ वर्षीय मोहन सिंह धामी र ३९ वर्षीय दान सिंह ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं

दार्चुलाका डिएसपी सिंहको सरुवा, दाहाल आउने

दार्चुला : दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार दार्चुलाका डिएसपी सिंहसहित १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी नायव उपरीक्षक सिंहले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए । उनको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको हो । उनको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा,

अनेरास्ववियुद्वारा अनाथ छात्रावासका बालबालिकाका लागि आर्थिक सहयोग

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले महेन्द्र नमुना माविको अनाथालय छात्रावासमा बस्ने बालबालिकाका लागि आर्थिक सहयोग गरेको छ । छात्रावासमा बस्ने बालबालिकाहरुको व्यवस्थापनको लागि चार हजार सहयोग गरिएको अनेरास्ववियु जिल्ला कमिटि दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । अनेरास्ववियु जिल्ला कमिटी अध्यक्ष नरेन्द्र प्रसाद जोशी, उपाध्यक्ष कृष्ण धामी, कोषाध्यक्ष खडक सिंह ठगुन्नासहितको टोलीले आइतवार महेन्द्र नमुना माविका प्रधानाध्यापक राम दत्त जोशीलाई उक्त रकम हस्तान्तरण गरेको

सन नेपाल लाईफको वार्षिकोत्सवमा अनाथ छात्रावासलाई खाद्यान्न सहयोग

दार्चुला : सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवको अवसरमा दार्चुलामा खाद्यान्न सहयोग गरिएको छ । `समुदाय सँगसँगै कदम उठाउँदै´ भन्ने मूल नाराका साथ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा दार्चुलाले वार्षिकोत्सवका अवसरमा आइतवार महेन्द्र नमुना माविको छात्रावासलाई खाद्यान्न सहयोग गरेको हो । छात्रावासका लागि ५२ किलोग्राम चामल, ५ लिटर तेल, दालमा चना, मल्का र मास ३/३ किलोग्राम र मसला पनि वितरण गरिएको सन नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा

काँग्रेस सांसद धामीले भने– ‘बजेटलाई लिएर मलाई जिल्ला प्रवेशमा प्रतिबन्ध लगाएका छन्’

दार्चुला : दार्चुला प्रदेशसभा क्षेत्र नम्बर १ बाट निर्वाचित सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामीले बजेटलाई लिएर असन्तुष्टि बढेको बताएका छन् । शनिवार सुदूरपश्चिम प्रदेश सरकारको चालू आर्थिक वर्षको बजेटको छलफलको क्रममा बोल्दै प्रदेश सभा सदस्य धामीले बजेट निर्माणको प्रक्रियाको विषयलाई लिएर असन्तुष्टि जनाएका हुन् ।सरकारको नेतृत्व गरेको दल नेपाली काँग्रेसका प्रमुख सचेतकसमेत रहेका धामीले आफ्नै जिल्लामा कहाँबाट कसरी बजेट गयो भन्ने एकिन हुन नसकेको बताए । ‘मलाई मेरो