भारतको धारचुला नजाङ्गमा पहिरो खस्दा दार्चुलाका एक मजदुरको मत्यु, ५ घाइते
दार्चुला : भारतको धारचुलास्थित नजाङ्गमा पहिरो जाँदा एक नेपाली मजदुरको मृत्यु भएको छ । नजाङ्गमा पहिरोले पुरिएर दार्चुलाको नौगाड गाउँपालिका–६ धुलिगडाका सन्तोष सिंह ठगुन्नाको मृत्यु भएको हो । शनिवार दिउँसो गएको पहिरोमा परेर अन्य ५ जना घाइते भएका छन् । घाइते हुनेमा दार्चुलाको नौगाड गाउँपालिका–६ का गणेश सिंह ठगुन्ना, बिरेन्द्र सिंह ठगुन्ना, दिपक सिंह ठगुन्ना, भारतका राकेश जोशी र सुरेश कुमार रहेका छन् । उनीहरु सारथी कम्पनीमार्फत सडक निर्माणको काम










