मालिकार्जुनमा १२ जना कृषकलाई कृषि सामग्री वितरण
दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिकाका १२ जना कृषकलाई कृषि सामग्री वितरण गरिएको छ । गुडनेवर्स इन्टरनेशनलको आर्थिक सहयोग, सीआरडिएस नेपालको सहजीकरणमा एकीकृत सामुदायिक विकास परियोजना अन्तर्गत मालिकार्जुन गाउँपालिका-८ का १२ जना कृषकहरुलाई विभिन्न कृषि सामग्री वितरण गरिएको हो । बिहिवार ११ जना कृषकलाई पोलिहाउस, थोपा सिँचाइ, हजारी र थर्मोमिटर र १ जनालाई ग्रीन नेट वितरण गरिएको परियोजना अधिकृत मनोरथ जोशीले जानकारी दिए ।मालिकार्जुन गाउँपालिका-८ स्थितको मिलिजुली कृषक समूहका १२ जना