मार्माको पहिरो प्रभावित क्षेत्रमा प्रतिनिधिसभा सदस्य बडू, उचित पहल थाल्ने प्रतिवद्दता
दार्चुला : दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले मार्मा गाउँपालिकाको पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन/निरीक्षण गर्नुभएको छ । बुधबार मार्मा गाउँपालिका वडा नम्बर ४ र ५ का बाढी-पहिरो प्रभावित समुदाय संग भेटघाट गर्नुका साथै पहिरोको स्थलगत अनुगमन गर्नु भएको हो । पूर्वाधार विकास कार्यालय बैतडीका ईन्जिनियर लगायत विभिन्न कार्यालयका प्राविधिक सहितको टोली लिएर बाढीपहिरो प्रभावित क्षेत्र पुग्नु भएका प्रतिनिधिसभा सदस्य बडूले पहिरोको उचित व्यवस्थापन र प्रभावित क्षेत्रका










