नजरिया

चितवन पहिरो अपडेट: बेपत्ता बस भेटिएन, गोताखोर परिचालन

चितवन । पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पार्न सकिएको छैन। नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका वडा २९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा आज विहान दुईवटा बस नदीमा खसेका थिए। बसमा ६५ जना सवार रहेको बताइएको छ। चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले पानी परिरहेकाले उद्धारमा केही कठिनाइ भइरहेको बताए। त्रिशूलीमा जलसतह उच्च भएकाले खोजीमा समस्या भएको जनाइएको छ। अहिले नेपाली सेना र सशस्त्र प्रहरी

बुद्ध एयरको जहाज चिप्लियो, सबै यात्रु सकुशल

रुपन्देही । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा बुद्धएयरको जहाज गएराति चिप्लिएर धावनमार्गको किनारमा पुगेको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार जहाज चिप्लिँदा जहाजको चक्काले भुईँ (माटो) छुन पुगेको थियो। काठमाडौँबाट गएराति ९:३० बजे उडान भरेको ८०५ नम्बरको सो जहाजले विमानस्थलको पूर्वबाट पश्चिमतर्फ अवतरण गर्नेक्रममा चिप्लिन पुगेको उनले बताए। प्रवक्ता भट्टले भने, “जहाजबाट सबै यात्रुलाई सकुशल सुरक्षित बाहिर निकालिएको छ।” जहाजमा चालक दलका

कास्की पहिरो अपडेट: मृतकको सङ्ख्या ११ पुग्यो

कास्की । कास्कीका विभिन्न स्थानमा गए रातिको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। पोखरा महानगरपालिकामा १० र मादी गाउँपालिकामा एक जनाको पहिरोमा मृत्यु भएको हो। पोखरा –१९ पुरुनचौर तल्लाकोटका कुलबहादुर परियारको घर पहिरोमा पुरिँदा सात जनाको मृत्यु भएको हो। यसैगरी पोखरा –३२ चैनपुरस्थित बाह्रबिसेमा पहिरोको कारण तीन जनाको घटनास्थलमै मृत्यु भएको छ। मादी गाउँपालिका–११ ताप्लेमा गए राति पहिरोमा परी बेपत्ता भएकी ८० वर्षीया माइतीकुमारी गुरुङको शव फेला परेको

त्रिशुली नदीमा खसेका दुई वटा बसको खोजी कार्य जारी(तस्बिरसहित)

काठमाडौं । पहिरोले त्रिशुली नदीमा खसेका दुईवटा बसको खोजी कार्य जारी रहेको छ। प्रहरीका अनुसार आज बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुबाहक बस त्रिशुली नदीमा खसेका थिए। त्रिशुलीमा खसेका बसमा बिरगंजबाट काठमाडौं आउँदै गरेको विङर र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ। बिरगंजबाट आएको बसमा २४ जना र गणपति डिलक्समा ४१ जना यात्रु गरी ६५ जना सवार

‘उथलपुथल’ मै बित्यो प्रचण्ड सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै भाषा सापटी लिएर भन्ने हो भने २०७९/८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ। ०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ। राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्रदेशसम्म नै परिरहेको छ। एकातिर असार–साउनको महिना बाढीपहिरोले देश डुबानमा परिरहेको छ भने अर्कोतिर सरकारले राजनीतिमा निकै ‘उथलपुथल’ गर्दा सरकारले नै देश डुबाउँछ कि

धुव्रको 'खर्कालो' बजारमा

दार्चुला । बैतडीका गायक धुव्र राना क्षेत्रीको नयाँ गीत खर्कालो सार्वजनिक भएको छ। गायक रानाकै शब्द संगीत रहेको गीतमा निशा रावललेपनि गायनीमा रानालाई साथ दिएकी छिन्। नरेन्द्रप्रसाद जोशीले निर्देशन गरेको गीतको भिडियोमा गायक राना र सरस्वती वनको अभिनय रहेको छ।

रास्वपालाई रवि लामिछाने क्लबले हाइज्याक गरेको छ: मुकुल ढकाल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का निलम्बनमा परेका महामन्त्री डा. मुकुल ढकालले सरकारमा गएर रबि लामिछानेले काम गर्न नसकेको आरोप लगाएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै डा. ढकालले सरकारमा गएर काम गर्न नसकेको विषय उठाएपछि विवाद भएको बताएका हुन्। पार्टी सभापतिको बारेमा प्रश्न उठेपछि आफूले जनतासँग कुरा गरेको बताउँदै ढकालले पार्टीलाई क्लबको जस्तो गरि चलाएको आरोप लगाएका छन्। उनले पार्टीलाई रवि लामिछानेको क्लबको रुपमा हाइज्याक गरेर चलाइएको आरोपसमेत लगाए।

सुदूरपश्चिम सरकारले यस आर्थिक वर्ष १० अर्ब रुपैयाँ खर्च गर्न सकेन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१मा १० अर्बभन्दा बढी रकम खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न नसकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्षको विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब

‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

काठमाडौं । एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन्। उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं। अहिलेको हकमा

नगर प्रहरीलाई पन्ध्र महिनापछि तालिम

दार्चुला : महाकाली नगरपालिकाका नगर प्रहरीले पन्ध्र महिनापछि आधारभूत तालिम प्राप्त गरेका छन् । २०७९ साल चैत महिनामा नियुक्त भएका नगर प्रहरीले अहिले आएर पहिलो पटक आधारभूत तालिम लिएका हुन् ।नगर प्रहरीका लागि असार १४ गतेदेखि असार २३ गतेसम्म १० दिन नेपाल प्रहरीद्धारा तालिम दिइएको हो । शारीरिक र सैद्धान्तिक गरी २ प्रकारको तालिम दिइएको बताइएको छ । तालिमको एक कार्यक्रमका बीच सोमवार समापन गरिएको छ । महाकाली नगरपालिकामा प्रहरी