टिंकर नाका खुल्ने सुरसार, जुन २५ तारिखमा खोल्ने तयारी
दार्चुला : कोरोना कालदेखि बन्द रहेको दार्चुलाको चीन जोड्ने टिंकर नाका खोल्ने तयारी भएको छ । बिहीवार दार्चुला प्रशासन र तिब्बतका अध्यागमन अधिकारी, प्रहरी प्रशासन र काउन्ट्री चीपसँग सामाजिक सञ्जाल (वी च्याट) बाट नाका संचालन गर्ने विषयमा कुराकानी भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । बिहीवार बिहान सुरक्षा समितिको मिटिङ डाकेर नाका खुल्नेबारे आवश्यक सहजीकरण र समन्वयका सम्बन्धमा दुबै क्षेत्रका अधिकारी बीच कुराकानी भएको प्रजिअ जोशीले बताए ।










