दार्चुलामा पनि विश्व वातावरण दिवस मनाइयो
दार्चुला : ‘हाम्रो भूमि, हाम्रो भविष्य’ भन्ने विश्वव्यापी नाराका साथ दार्चुलामा बजार सरसफाइ र वृक्षारोपण गरी विश्व वातावरण दिवस २०८१ मनाइएको छ । अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाको आयोजनामा प्रमुख जिल्लाअधिकारी र जिल्लास्थित सुरक्षा निकायका प्रमुख एवं सुरक्षाकर्मीहरुको उपस्थितिमा दिवस मनाइएको हो । दिवसका अवसरमा बिहान प्रभातफेरी कार्यक्रम निकाल्दै बजार सरसफाई गरिनुका साथै विभिन्न प्रजातिका फलफूलका बोटबिरुवाहरु रोपण गरिएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए










