संघ

विद्युत प्राधिकरणको डीडीए गराउँछौं : मन्त्री खड्का

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकरणको वित्तीय विवरण र सम्पत्ति तथा दायित्वको मूल्याङ्कन डीडीए गरिने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै मन्त्री खड्काले श्वेतपत्रमार्फत विद्युत प्राधिकरणको अहिलेको यथार्थ बाहिर ल्याइएको बताउनुभयो । विद्युत प्राधिकरण घाटामा गएको हो रु भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री खड्काले प्राधिकरणको अहिलेको यथार्थ सार्वजनिक गरिएको भन्दै अध्ययन गर्न सुझाव दिनुभयो । अब मुलुकमा लोडसेडिङ नहुने समेत मन्त्री

अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु हो : शेखर कोइराला

भक्तपुर : नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशबाट देश चलाउने कुरा निरंकुशताको प्रस्थानविन्दु भएको बताएका छन् । सोमवार भक्तपुरमा आयोजित कार्यक्रममा बोल्दै कोइरालाले कांग्रेसको संस्कार अध्यादेशबाट देश चलाउने नभएको बताए। ‘लोकतन्त्रमा सकेसम्म संसदबाट नै ऐन, कानून बनाउनुपर्ने हो, अध्यादेशबाट देश चलाउने कल्चर नै होइन, नेपाली कांग्रेसको। डेमोक्रेसीमा भरसक हामीले संसदबाटै नियम, कानून, ऐनहरु बनाइकन अगाडि जानुपर्ने हुन्छ,’ उनले भने, ‘हामीले संसदलाई छलेर जान खोज्यौँ भने काम लाग्दैन। दुई तिहाइ बहुमत

टिंकर सडकमा बजेट थप र ब्याँसमा अध्यागमन कार्यालय स्थापनाका लागि पहलकदमी

दार्चुला : दार्चुला जिल्लाको समग्र विकासका लागि यहाँका राजनीतिक नेतृत्व एक ठाउँमा उभिएका छन् । पछिल्लो केहि दिनदेखि मुख्य तीन ठूला दलका नेता तथा कार्यकर्ताहरु दार्चुलाको विकासका निम्ति काठमाडौँ केन्द्रीत छन् । गत साउन ३२ गते नेपाली काँग्रेसका केन्द्रीय सदस्य, दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, नेकपा एमालेका पोलिट व्युरो सदस्य एवं पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, एमाले केन्द्रीय सदस्य हरदेव जोशी, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं

‘एमाले र कांग्रेसले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने’

काठमाडौं । एमालेले कांग्रेस र एमालेले बराबरीको हैसियतमा नै सरकार सञ्चालन गर्ने निर्णय गरेको छ। बुधबार बसेको सचिवालय बैठकपछि पार्टीका उपमहासचिव प्रदिप ज्ञवालीले बराबरीको हैसियतमा सरकार सञ्चालन गर्ने र परिणाम दिन सक्ने मन्त्रीहरुको टिमलाई सरकारमा पठाउँने निर्णय भएको जानकारी दिएका छन्। उनले भने, ‘पर्सि २८ गते प्रधानमन्त्रीको विश्वासको मत सँगै नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने छ। हामीले सरकारमा पठाउँने मन्त्रीहरु लगायतका बारेमा पछि थप छलफल गर्ने छौं। अहिलेको हकमा

शिक्षामा २ खर्ब ३ अर्ब ६६ करोड रुपैयाँ विनियोजन

काठमाडौँ : सरकारले आगामी आर्थिक वर्षका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ २ खर्ब ३ अर्ब ६६ करोड बजेट विनियोजन गरेको छ । चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा १ खर्ब ९७ अर्ब २९ करोड विनियोजन गरिएको थियो । आगामी आर्थिक वर्षका लागि छुट्टाइएको बजेट चालु आर्थिक वर्षको भन्दा ६ अर्बले बढी हो । तर कुल बजेटको प्रतिशतको हिसाबले शिक्षा क्षेत्रमा चालु वर्षमा भन्दा न्यून बजेट विनियोजन गरिएको छ । २०८०।०८१