विशेष

घरमा वृद्ध बुवा मुर्रयाल बिते, छोराहरु छन् यार्सा खोज्न लेकतिर

दार्चुला : व्याँस गाउँपालिका–२ मालगाउँका ८० वर्षीय गगन सिंह बोहरा (मुर्रयाल) को मृत्यु भएको छ । एक्ली वृद्ध श्रीमतीसहित रहेका बोहराको सोमवार बिहान मृत्यु भएको हो । मृतक बोहराका छोराहरु यार्सागुम्बा संकलनका लागि दुधिवन क्षेत्रमा गएकाले शवको अन्त्येष्टिका लागि गाउँलेहरुले उनीहरुलाई कुरिरहेका छन् । दुधिवन क्षेत्रमा फोन नेटवर्क नभएकाले घरमा मृत्युको खबर उनीहरु सम्म पुगेको छैन् । गगनको सोमवार बिहानै मृत्यु भएको तथा यसबारेमा छोराहरुसँग सम्पर्क हुन नसक्दा समस्या भइरहेको

किटजन्य रोग नियन्त्रणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया

दार्चुला : जिल्लामा किटजन्य रोग नियन्त्रण र निवारणका लागि बहूनिकाय सङ्ग अन्तरक्रिया गरिएको छ । जिल्लामा मनसुन सुरु हुनु अगावै समुदायमा किटजन्य रोगको प्रकोप फैलन नदिन महाकाली नगरपालिकाले बहूनिकाय सङ्ग अन्तरक्रिया गरी रोगको नियन्त्रण र निवारणका लागि छलफल गरेको हो । पछिल्लो समय गर्मीयाममा सबैभन्दा बढी देखा पर्ने डेङ्गु रोग संक्रमणलाई नियन्त्रण र निवारण गर्न समुदाय स्तरमा कार्यक्रम गरिएको महाकाली नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख जय बहादुर फसर््वानले जानकारी दिए ।

विश्व वातावरण दिवसमा ग्लोबल आईएमई बैंक दार्चुलाको वृक्षरोपण कार्यक्रम

दार्चुला : विश्व वातावरण दिवसको अवसरमा ग्लोबल आइएमई बैंक लिमिटेड, दार्चुला शाखाले वृक्षरोपण गरेको छ । महाकाली नगरपालिका–०४ बांगाबगडस्थित सामुदायिक वन क्षेत्रमा वृक्षरोपण गरिएको हो । वृक्षरोपण कार्यक्रममा महाकाली नगरपालिका वडा नम्बर ४ का अध्यक्ष जगत बहादुर चुनारा, सामुदायिक प्रहरी सेवा केन्द्र बांगाबगडका प्रहरी, स्थानीय व्यापारी र ग्लोबल आईएमई बैंक दार्चुला शाखाका कर्मचारीहरुको सहभागिता रहेको थियो । त्यहाँ विभिन्न प्रजातिका बोटविरुवा रोपिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक

पूर्वसभामुख अग्निविरुद्धको ज्यान मुद्दा अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटा विरुद्धको ज्यान मुद्धालाई अगाडि बढाउन उत्प्रेषणको आदेश दिएको हो । इजलाशले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराइ नेतृत्वको सरकारले सापकोटालगायत विरुद्ध मुद्दा नचलाउने गरी गरेको निर्णय तथा किटानी उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय

धनगढीमा भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण

कैलाली : भारतबाट फर्केका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधवार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो । कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताए

“मेरो सपनाको धाप”

✍️ विशाल सिंह रैखोला दार्चुला जिल्ला महाकाली नगरपालिका-७ धाप अरूका लागि केवल धाप हो । एउटा गाउँ हो। तर, मेरा लागि भने यो जन्मभूमि हो । स्वर्ग हो। भनिन्छ नि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो हुन्छन्। म सामान्यतया सपना देख्ने मान्छे हुँ र मैले मेरो गाउँ धापको हितमा सपना देखेको छु। के भविष्यमा धाप यस्तो होला त ? मैले सपनामा देखेको छु धाप अब

लेकम गाउँपालिका–५ मा फोरजीको नेटवर्क समस्या

दार्चुला : लेकम गाउँपालिका–५ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । वडामा फोरजी टावर जडान गरिएको भएपनि नेटवर्क समस्या देखिएको हो । वडाको चनैलामा २०८१ चैत ११ गतेदेखि फोरजी सेवाको नेटवर्क जडान गरिएको भएपनि त्यस क्षेत्रमा फोरजी सेवाले काम नगर्ने गरेको स्थानीयहरुले बताएका छन् । फोरजी नेटवर्कको समस्या सामाधान गरिदिन वडामा स्थानीयहरुको भेला बसेर सामूहिक रुपमा वडाको तर्फबाट नेपाल टेलिकमलाई समस्या समाधानका लागि आग्रह गरिएको लेकम गाउँपालिका वडा नम्बर

नेपाल प्रेस युनियन स्थापना दिवस : दार्चुुलामा स्वास्थ्य परीक्षण

दार्चुला : नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दार्चुला शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दार्चुलाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । युनियनको साताव्यापी कार्यक्रमअन्तर्गत जेठ १३ गते दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दार्चुला शाखाका अध्यक्ष कमल राज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मधुमेहको परीक्षण, उच्च रक्तचाप, शरीरको उचाइ

अनेरास्ववियु सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति अध्यक्षमा बोहरा चयन

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति अध्यक्षमा सुवास बोहरा चयन भएका छन् । बुधवार सम्पन्न दोस्रो अधिवेशनबाट बोहराको नेतृत्वमा २१ सदस्यीय सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति चयन गरिएको हो । बोहरा बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन् । समितिको उपाध्यक्षमा निराजन थापा (दार्चुला), सन्तोष सिंह (बझाङ), प्रसाद रावल (बाजुरा) र सचिवमा उपेन्द्र बोहरा (डोटी) चयन भएका छन् । यस्तै सहसचिव नवीन बोहरा (अछाम), गितु केसी (कैलाली), पुष्कर देउवा

अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने

दार्चुला : सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिहिमालको बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने भएको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने चार हजार मिटर उचाइको अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिन लागिएको हो । पर्यटन प्रवर्द्धनका माध्यमबाट यो क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले योग शिविर आयोजना गर्न लागिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।शिविर जेठ १६ गते अपिहिमाल बेसक्याम्पमा आयोजना गरिने उहाँले