विशेष

दार्चुलामा आफ्नै घरमा सुतिरहेकी महिलामाथि निर्घात कुटपिट र लुटपाट, आरोपी फरार

दार्चुला : महाकाली नगरपालिका–४ बाङ्गाबगरमा राति आफ्नै घरमा सुतिरहेकी ३५ वर्षीया कविता बोहरामाथि निर्घात कुटपिट गरिएको छ । साउन २९ गते बिहान साढे ४ बजेको समयमा दुहु गाउँपालिका-४ पोक्सेकि जिल्ला सदरमुकाम खलंगा बस्ने सोही उमेर समूहकी धौली भनेर चिनिने गीता कुँवरले निर्घात कुटपिट गरेकी हुन् । बोहराका आमाबुबा व्याँस गाउँपालिका–१ छाङ्गरु गएको मौका पारेर घरमा एक्लै रहेको र सुतेको अवस्थामा कुँवरले टिमुरको लठ्ठीले टाउँको, अनुहार र खुट्टामा अन्धाधुन्ध प्रहार गरेकी

५ जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई–कटाई तालिम

दार्चुला : जिल्लाका पाँच जना प्रायोजित बालबालिकालाई २ महिने एडभान्स सिलाई कटाई सीप विकास तालिम प्रदान गरिएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्वारा सञ्चालित ‘एकीकृत सामुदायिक विकास परियोजनाको सामाजिक–आर्थिक क्षेत्रअन्तर्गत ५ जना प्रायोजित बालबालिकाहरूलाई दुई महिने एडभान्स सिलाई–कटाई सीप विकास तालिम प्रदान गरिएको हो । बालबालिकाहरूमा व्यावसायिक सीप आर्जन गराई सिलाई–कटाईलाई आम्दानीको माध्यम र व्यवसायका रूपमा अगाडि बढाउन सघाउने उद्देश्यले यो तालिम

दार्चुला खेलकुद समितिका पदाधिकारीले गरे पदभार ग्रहण, निवर्तमान अध्यक्षको बिदाई

दार्चुला : जिल्ला खेलकुद समिति दार्चुलाका नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका छन् । खेलकुद समिति अध्यक्ष सुरेन्द्र बहादुर बमसहित नौ सदस्यीय नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो । सुदूरपश्चिम प्रदेश खेलकुद परिषदका सदस्य श्याम सिंह सिनालको उपस्थितिमा आयोजित एक कार्यक्रममा नवनियुक्त पदाधिकारीले पदभार ग्रहण गरेका हुन् । नवनियुक्त समितिको उपाध्यक्षमा अमित ऐरी, कोषाध्यक्षमा पूर्ण बहादुर साउँद तथा सदस्यहरूमा सन्तोष कुँवर, रुप सिंह खाती, अम्बरा कुमारी ठगुन्ना, उर्ती बुढाथोकी, जनक सिंह

स्नातक तहमा भर्ना

दार्चुला : उच्च शिक्षाअन्तर्गत स्नातक तहमा भर्ना सुरु गरिएको छ। सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसले शैक्षिक सत्र २०८३/०८४ का लागि स्नातक तहका विभिन्न कार्यक्रमहरूमा विद्यार्थी भर्ना तथा प्रवेश परीक्षा सम्बन्धी सूचना सार्वजनिक गरेको छ।क्याम्पसले शिक्षा संकायअन्तर्गत बी.एड. व्यवस्थापन संकायअन्तर्गत बी.बी.एस. तथा मानविकी संकायअन्तर्गत बी.ए./बी.डी.एस. कार्यक्रममा नयाँ विद्यार्थी भर्नाका लागि आवेदन खुला गरेको हो। क्याम्पस प्रमुख नरेन्द्र राज अवस्थीका अनुसार बी.एड. कार्यक्रममा अंग्रेजी, नेपाली, गणित र जनसंख्या, बी.बी.एस. कार्यक्रममा वित्तशास्त्र, बजारशास्त्र

माछापुच्छ्रे बैंकद्वारा विपन्न परिवारका लागि घर पुनर्निर्माण तथा आवश्यक सामग्री सहयोग

दार्चुला, साउन ५ – माछापुच्छ्रे बैंक लिमिटेड, ब्याँस गाउँपालिका शाखाले व्यास गाउँपालिका–५, तिगरम बस्ने जयानन्द जोशीको परिवारका लागि घर पुनर्निर्माण गरी आवश्यक घरायसी सामग्री हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत विपन्न परिवारका लागि सहयोग गरेको हो । आर्थिक अभावका कारण जोशीको परिवार लामो समयदेखि अत्यन्तै जीर्ण र असुरक्षित घरमा बस्दै आएको थियो। उहाँका दुई जना पूर्ण रूपमा अपाङ्गता भएका छोरीहरू रहेका छन्। सुरक्षित छानाको अभाव,

दार्चुला आउँदै गरेको जीप डडेल्धुरामा दुर्घटना, २ जनाको मृत्यु

दार्चुला : धनगढीबाट दार्चुला आउँदै गरेको जीप गएराती डडेल्धुरामा दुर्घटना भएको छ । जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् । धनगढीबाट दार्चुला तर्फ आइरहेको सु प प्र ०१–००१ज १८५० नम्बरको जीप दशरथ चन्द राजमार्ग सडक खण्ड अर्न्तगत डडेल्धुराको अमरगढी नगरपालिका-७, खसरेखान नजिक दुर्घटना हुदा दार्चुलाको अपिहिमाल गाउँपालिका वडा नम्बर १ बस्ने अन्दाजी ४५ वर्षका शोवन सिह लोथ्याल र हनु लोथ्यालको मृत्यु भएको जिल्ला

दार्चुलामा फरार ८४ प्रतिवादी पक्राउ

दार्चुला : दार्चुलामा विभिन्न मुद्दाका ८४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विगत लामो सयमदेखि फरार रहेका ८४ जनालाई जिल्ला प्रहरी कार्यालय दार्चुला र मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लामो समयदेखि फरार रहेका १ सय ७ जना प्रतिवादीमध्ये चालू आर्थिक वर्षमा ८४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी हेम राज भट्टले जानकारी दिए । लामो समयदेखि अदालतबाट कैद तथा जरिवानाको फैसला भई

बाल संरक्षण तथा बाल अधिकार सम्बन्धी ५ दिने ‘टीओटी’ तालिम सम्पन्न

दार्चुला : गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक तथा प्राविधिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल, दार्चुलाको सहजीकरणमा दार्चुलामा बाल संरक्षण र बाल अधिकार सम्बन्धी पाँच दिने प्रशिक्षक प्रशिक्षण तालिम सम्पन्न भएको छ । अवसर परियोजनाअन्तर्गत आयोजित ‘Training for Teachers on Child Protection and Child Rights for Safe and Inclusive Learning Environment’ विषयक ५ दिने प्रशिक्षक प्रशिक्षण (Training of Trainers (ToT) तालिम आइतवार सम्पन्न भएको हो । असार २४ गतेदेखि

माछापुच्छ्रे बैंकद्वारा मालिकार्जुन माविलाई कम्प्युटर र प्रिन्टर सहयोग

दार्चुला : माछापुच्छ्रे बैंक लिमिटेड, शाखा कार्यालय खलंगाले महाकाली नगरपालिका-७ स्थित मालिकार्जुन मावि धापलाई कम्प्युटर डेस्कटप र प्रिन्टर हस्तान्तरण गरेको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत दार्चुलास्थित धापलाई ५ थान डेस्कटप कम्प्युटर र १ थान प्रिन्टर सहयोग गरेको हो । मालिकार्जुन मावि धापका विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण सिंह रैखोलाको अध्यक्षता तथा माछापुच्छ्रे बैंक लिमिटेड, शाखा कार्यालय खलंगाका शाखा प्रबन्धक नरेन्द्र प्रसाद भट्टको प्रमुख आतिथ्यतामा मङ्गलवार एक कार्यक्रमका बीच

प्रहरी निरीक्षक भट्ट उत्कृष्ट प्रहरी घोषित

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक हेम राज भट्ट उत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालयले उनलाई जेठ महिनाको ‘वेस्ट पुलिस अफ द मन्थ’ घोषणा गरेको हो । चालू आर्थिक वर्षमा दर्ता भएका तथा विगतदेखि पेन्डिङ रहेका मुद्दाहरूको सफल अनुसन्धान, फरार प्रतिवादीहरूको खोजतलास तथा पक्राउ, लागूऔषध नियन्त्रण, समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक गतिविधि सञ्चालन तथा मातहत प्रहरी कर्मचारीहरूको प्रभावकारी परिचालनमा महत्वपूर्ण भूमिका खेलेकाले भट्टलाई