पूर्वमन्त्री बडूद्वारा महाकाली नदीको तटबन्धको निरीक्षण
दार्चुला : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले महाकाली तटबन्धको निरीक्षण गर्नुभएको छ । शुक्रवार पूर्वमन्त्री बडूले नेपाल–भारतको सीमा भएर बग्ने महाकाली नदीको महाकाली नगरपालिका वडा नम्बर १, ४ र ५ को क्षेत्रमा पर्ने तटबन्धको निरीक्षण गरेका हुन् । सीमा नदीले गरिरहेको कटान नियन्त्रण गर्न नयाँ तटबन्ध निर्माण, बनेको तटबन्ध संरचनाको मर्मतसम्भार, निर्माणाधिन कार्यको अनुगमन निरीक्षण गरिएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले जानकारी दिए । यस्तै