विशेष

सेनाले निर्माण गरिरहेको सडकको ट्याक खुलेसँगै ३ किलोमिटरमा गाडी गुड्यो

दार्चुुला : सेनाले निर्माण गरिरहेको (तुषरपानी–तिंकर) सडकको ३ किलोमिटरमा गाडी गुडेको छ । जीरो प्वाइन्ट सडकबाट तीन किलोमिटरसम्मको ट्याक खोलिएपछि सेनाले शुक्रवार आफ्नो गाडी गुडाएको हो । कडा चटटनी भूभाग रहेको तुषरपानी सडकखण्डको ट्याक खोलेर ब्याँस गाउँपालिका–२ मालगाउँसम्म सडक बिस्तार गरिएको नेपाली सेनाको विकास निर्माण कार्य दल गण २ ले जनाएको छ । मालगाउँसम्म सडकको स्तरोन्नती गरि शुक्रवार पहिलो पटक नेपाली सेनाको गाडी त्यहाँ पुगेको हो । ट्याक्टर र गाडी

‘०८५ बैशाखदेखि आधारभूत तह पूरा नगरेकाहरु सेवाबाट बन्चित हुने’

दार्चुला : २०८५ बैशाख १ गतेदेखि आधारभूत तह (१–८) सम्मको विद्यालय शिक्षा पूरा नगरेकाहरुलाई सरकारी तथा अन्य अरु सेवाहरुबाट बन्चित गराइने भएको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ ले सो प्रावधान ल्याएको हो । यो ऐनले उमेर समूहका बालबालिकालाई विद्यालय वा अन्य वैकल्पिक शैक्षिक संस्थामा भर्ना भई नियमित अध्ययन गर्ने र आधारभूत तहको अध्ययन पूरा गर्ने बाध्यकारी व्यवस्था गरेको छ । अनिवार्य तथा निशुल्क शिक्षा सम्बन्धी ऐन,

भूमी समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुको पदभार ग्रहण

दार्चुला : भूमि समस्या समाधान आयोग दार्चुलाका सदस्यहरुले पदभार ग्रहण गरेका छन् । बुधवार भूमि समस्या समाधान आयोग दार्चुलाका अध्यक्ष लाल सिंह धामीले एक कार्यक्रमका बीच सदस्यहरुलाई सपथ ग्रहण गराएका हुन् । नवनियुक्त विज्ञ सदस्य संगिता बम, महिला सदस्य कमला विष्ट र सदस्य नारायण दत्त भट्टलाई सपथ ग्रहण गराइएको हो । माघ २५ गते उनीहरु नियुक्त गरिएका थिए । सपथ ग्रहण कार्यक्रममा जिल्ला समन्वय समिति दार्चुलाका सदस्य खडक सिंह धामी,

‘जनयुद्ध’ दिवसमा दार्चुलाको नौगाडमा आज सार्वजनिक बिदा

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बिहीवार जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा रहने गाउँपालिकाले जनाएको छ ।

एमाले अब एमाले रहेन्, 'बामाले' भइसक्यो : भीम रावल

दार्चुला : मातृभूमि जांगरण अभियानका संयोजक डाक्टर भीम रावलले एमालेले आफ्‌नो जबजको सिद्धान्त कुल्चेर बामालेको पथमा हिडिरहेको बताउनुभएको छ । मंगलवार दार्चुलामा सञ्चारकर्मीहरुसँगको भेटमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बामालेको संज्ञा दिदै एमाले अब एमाले नभई बामाले भएको बताउनुभएको हो । ‘एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन्, केपी ओलीले जे भन्यो त्यही हुन्छ, त्यसैले एमाले अब एमाले रहेन् बामाले भइसक्यो’ – रावलले भने । आफूलाई एमाले पार्टीबाट

एमाले अब एमाले रहेन्, 'बामाले' भइसक्यो भीम रावल

दार्चुला : मातृभूमि जांगरण अभियानका संयोजक डाक्टर भीम रावलले एमालेले आफ्‌नो जबजको सिद्धान्त कुल्चेर बामालेको पथमा हिडिरहेको बताउनुभएको छ । मंगलवार दार्चुलामा सञ्चारकर्मीहरुसँगको भेटमा रावलले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बामालेको संज्ञा दिदै एमाले अब एमाले नभई बामाले भएको बताउनुभएको हो । ‘एमालेमा अहिले विचार र सिद्धान्त भन्ने केही छैन्, केपी ओलीले जे भन्यो त्यही हुन्छ, त्यसैले एमाले अब एमाले रहेन् बामाले भइसक्यो’ – रावलले भने । आफूलाई एमाले पार्टीबाट

दुहुँ गाउँपालिकाको ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका ३ नम्बर वडा कार्यालयसम्म सडकको पहुँच पुगेको छ । पालिकाको विशेष अनुदान अन्तरगत ३५ लाख बजेटबाट वडा नम्बर ३ को कार्यालयसम्म सडक निर्माण गरिएको हो । चालू आर्थिक वर्षको विशेष अनुदान ३५ लाख बजेटबाट महाकाली कोरिडोर सडकको सल्याडीमोडबाट वडा नम्बर ३ को धामीबोहरीगाउँ जोड्ने सडक निर्माण भइरहेको गाउँपालिकाका प्रवत्ता समेत रहेका वडा नम्बर ३ का अध्यक्ष देव बहादुर बमले जानकारी दिए । ५ वडा रहेको

मालिकार्जुनका उद्यम शाखा प्रमुख अवस्थीको भारतमा गाडीको ठक्करबाट मृत्यु 

दार्चुला : मालिकार्जुन गाउँपालिकाको उद्यम विकास शाखा प्रमुख जगदीश चन्द्र अवस्थीको भारतमा मृत्यु भएको छ । मालिकार्जुन गाउँपालिका–५ डाँडाकोट घर भएका अवस्थीको भारतमा गाडीले ठक्कर दिँदा मृत्यु भएको हो ।  भारतको प्रयागराजमा लागेको कुम्भमेलामा सहभागी हुन आमासहित जाँदै गरेका अवस्थीको लखनउमा गाडीको ठक्करबाट मृत्यु भएको जनाइएको छ । आफू सवार गाडीबाट झरेको बेला सडकमा अर्को गाडीले ठक्कर दिएपछि गम्भीर घाइते भएका अवस्थीलाई अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।  उद्यम

गलैनाथ मावि झरकाँडाको विद्यालय भवन उद्घाटन गरी हस्तान्तरण

दार्चुला : शैल्यशिखर नगरपालिका–८ मा रहेको श्री गलैनाथ मावि झरकाँडाको विद्यालय भवनको उद्घाटन गरिएको छ । नेपाल–भारत विकास सहयोग अन्तर्गत निर्माण भएको विद्यालय भवनको एक औपचारिक कार्यक्रमका बीच प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूकोे प्रमुख आतिथ्यता, पूर्वमन्त्री गणेश सिंह ठगुन्ना, भारतीय राजदुतावासका काउन्सलर अविनाश कुमार सिंहको विशिष्ट आतिथ्यतामा उद्घाटन गरिएको हो । भारतीय राजदुतावासको ८० प्रतिशत र शैल्यशिखर नगरपालिकाको २० प्रतिशत गरी करिब ४ करोड लागतमा निर्माण सम्पन्न

महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ठगुन्नालाई

दार्चुला : दार्चुलाको महाकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी ईश्वरी ठगुन्नालाई दिइएको छ । संघीय, मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमवार महाकाली नगरपालिकालाई पत्राचार गर्दै प्रमुख प्रशासकीय अधिकृतमा ठगुन्नालाई जिम्मेवारी दिएको हो । मन्त्रालयले यसअघि नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारीमा रहेर काम गर्दै आएका अधिकृत छैटौं नर सिंह बडालको जिम्मेवारी रद्द गरेको थियो ।बरिस्ठ कर्मचारी हुँदाहुँदै कनिष्ठ कर्मचारीले निमित्त भई कार्य प्रदान गरेको भन्दै बडालको आर्थिक तथा प्रशासनिक जिम्मेवारी