ब्याँसको लेखापरीक्षण पहिलो पटक गाउँपालिकामै
दार्चुला : पहिलो पटक ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण गाउँपालिकामै गरिएको छ । भौगोलिक विकटताको कारण देखाउँदै विगत वर्षहरुमा जिल्ला सदरमुकाम खलंगामा गरिने गरिएको अन्तिम लेखापरीक्षण यसपाली गाउँपालिकाको केन्द्र सुन्सेरामै गरिएको हो । विगतका वर्षहरुमा स्रेस्ता सदरमुकाम झिकाई यतै लेखापरीक्षण सम्पन्न गर्ने गरिएको थियो । ब्याँस गाउँपालिकाको आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षणका लागि भदौ १६ गते निर्देशक हिरामणी निरौला, लेखापरीक्षण अधिकारी संजय कुमार शाह र अनिता गौतम तथा