विशेष

एसइईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान

दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिकाले एसइई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई सम्मान गरेको छ । एसइई परीक्षा २०८० मा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई नगदसहित सम्मान गरिएको हो । दुहुँ गाउँपालिकामै उत्कृष्ट नतिजा ल्याउने विद्यालय पिपलचौरी मावि विणलाई आइतवार एक कार्यक्रमका बीच सम्मान गरिएको शिक्षा शाखा प्रमुख लोकेन्द्र बहादुर बमले जानकारी दिए । पिपलचौरी मावि विणले पालिकाका प्रथम स्थान ल्याएको थियो । एसइईमा यो विद्यालयले ३३ दशमलव

दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्यु

दार्चुला : दार्चुलामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ । जिल्लाको लेकम गाउँपालिका वडा नम्बर १ सर्मोलीकी अन्दाजी ३८ वर्षीया सरिता साउँदको भीरबाट लडेर मृत्यु भएको हो । आइतवार दिउँसोतिर घाँस काट्ने क्रममा कालीचिउरी भन्ने भीरबाट लडेर साउँदको मृत्यु भएको स्थानीय चन्द्र सिंह साउँदले जानकारी दिए । साउँदका २ छोरा, ३ छोरी र श्रीमान रहेका छन् ।

एसइई ग्रेडवृद्धि परीक्षा केन्द्र मार्मामा पनि थप, जिल्लाभरि ५ केन्द्र कायम

दार्चुला : एसइई ग्रेडवृद्धि परीक्षाका लागि दार्चुलाको मार्मा गाउँपालिकामा परीक्षा केन्द्र थप गरिएको छ । यसअघि जिल्लाभरी मार्माबाहेक ५ ओटा परीक्षा केन्द्र कायम गरिएकोमा बर्खाको समयमा विद्यार्थीको समस्यालाई ध्यानमा राख्दै मार्मा गाउँपालिकामा पनि परीक्षा केन्द्र कायम गरिएको हो । दार्चुलामा महाकाली नगरपालिकाको महेन्द्र नमुना मावि खलंगा, मालिकार्जुन नमुना मावि धाप, शैल्यशिखर नगरपालिकाको गोकुलेश्वर मावि गोकुले, लेकम गाउँपालिकाको लटिनाथ मावि चन्दनपुर चौपाता र मार्मा गाउँपालिको लटिनाथ मावि रस्कोट गरी ५ ओटा

दार्चुला भन्सारद्वारा लक्ष्यभन्दा १७ प्रतिशत बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले गत आर्थिक वर्षमा लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको छ । लक्ष्यको १७ प्रतिशत बढी राजश्व संकलन गरिएको दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादले जानकारी दिए । गत वर्ष कार्यालयले ५० लाख ७० हजार लक्ष्य राखेको थियो । गत आर्थिक वर्षमा ५९ लाख २९ हजार ९ सय ३५ रुपैयाँ राजस्व रकम संकलन भएको हो । वार्षिक लक्ष्यभन्दा ८ लाख ५९ हजार ९ सय ३५ बढी

सिवाईसीद्वारा महिलाहरुलाई वित्तीय साक्षरता र सीप विकास तालिम

दार्चुला : सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्थाले महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ पन्डोराका महिलाहरुलाई वित्तीय साक्षरताका साथसाथै कृषि व्यवसाय सम्बन्धी सीप विकास तालिम दिइएको हो । सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा शुक्रवार महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र मौसमी तथा बेमौसमी कृषि खेती सम्बन्धी प्राविधिक ज्ञान दिईएको शाखा प्रबन्धक जनक राज

दार्चुलामा २५ सय बढी सवारी साधन कारबाहीमा

दार्चुला : दार्चुलामा ट्राफिक नियम उल्लङ्घन गर्ने २५ सय बढी सवारी साधनलाई कारबाही गरिएको छ । आर्थिक वर्ष २०८०÷८१ मा ट्राफिक नियम उल्लघंन गर्ने २ हजार ५ सय ३६ सवारी साधनलाई कारबाही गरिएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय दार्चुलाका प्रमुख एवं प्रहरी सहायक निरीक्षक मदन बहादुर ऐरका अनुसार जिल्लामा सबैभन्दा बढी १ हजार ५ सय ८ जीप, कारलाई कारबाही गरिएको छ । यस्तै १ सय १७ ट्रक, २१ बस,

एसइई नतिजा विश्लेषण, यस्तो छ दार्चुलाको समग्र नतिजा

दार्चुला : दार्चुलामा माध्यमिक शिक्षा परीक्षा एसइई २०८० नतिजाको विश्लेषण गरिएको छ । प्रधानाध्यापक संघ नेपाल (प्यान) दार्चुलाको आयोजनामा शनिवार जिल्लाका माध्यमिक विद्यालयका प्रअ, शिक्षा विकास तथा समन्वय इकाईका प्रतिनिधि, जिल्ला समन्वय समिति, प्रमुख, स्थानीय जनप्रतिनिधि लगायत सरोकारवालाहरुको उपस्थितिमा एसइई नतिजाको विश्लेषण गरिएको हो । दार्चुलामा यस वर्षको एसइई परीक्षामा १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ ।जिल्लामा १३ जना विद्यार्थीले ए

शैल्यशिखर नगरपालिकाले करार कर्मचारीको म्याद नथप्ने

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकाले करार कर्मचारीहरुको म्याद नथप्ने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै पालिकाअन्तर्गतका वडा कार्यालय, स्वास्थ्य संस्थाहरु, सामुदायिक विद्यालयहरु र नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कर्मचारीहरुको करार सेवा अवधी नथप्ने निर्णय भएको जनाएको छ । सोमबार प्रमुख प्रशासकीय अधिकृत शेरबहादुर बुढाद्वारा हस्ताक्षरित सूचनामा सेवा करारमा कार्यरत कर्मचारीहरुको मिति २०८१/०४/०१ देखि लागू हुने गरी म्याद थप नगर्ने भनि नगर कार्यपालिका र नगरसभाको बैठकबाट निर्णय भएको हुँदा मिति २०८१/०४/०१

एसइईमा दार्चुलाका ७ विद्यालय ‘निल’

दार्चुला : माध्यमिक शिक्षा परीक्षा २०८० मा दार्चुलाका सात वटा सामुदायिक विद्यालयको नतिजा शून्य आएको छ । शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाका अनुसार दार्चुलाका ५ स्थानीय तहका ७ वटा विद्यालयको नतिजा शून्य आएको हो ।यस वर्षको एसइई परीक्षामा जिल्लाको महाकाली नगरपालिकाको अल्कापुरी मावि कोटकौतोली, शैल्यशिखर नगरपालिकाका भूमिराज मावि तौकी र बद्रीनाथ मावि बोहरीगाउँ, लेकम गाउँपालिकाका हुनैनाथ मावि कुणी र केदारनाथ मावि धरमघर, मालिकार्जुन गाउँपालिकाको निलपातालेश्वर मावि भर्तोला र मार्मा