सिवाईसीद्वारा महिलाहरुलाई वित्तीय साक्षरता र सीप विकास तालिम
दार्चुला : सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्थाले महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र सीप विकास तालिम प्रदान गरेको छ । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर २ पन्डोराका महिलाहरुलाई वित्तीय साक्षरताका साथसाथै कृषि व्यवसाय सम्बन्धी सीप विकास तालिम दिइएको हो । सिवाईसी नेपाल लघुबित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय दार्चुलाको आयोजनामा शुक्रवार महिलाहरुलाई एक दिने वित्तीय साक्षरता र मौसमी तथा बेमौसमी कृषि खेती सम्बन्धी प्राविधिक ज्ञान दिईएको शाखा प्रबन्धक जनक राज