नगर प्रहरीलाई पन्ध्र महिनापछि तालिम
दार्चुला : महाकाली नगरपालिकाका नगर प्रहरीले पन्ध्र महिनापछि आधारभूत तालिम प्राप्त गरेका छन् । २०७९ साल चैत महिनामा नियुक्त भएका नगर प्रहरीले अहिले आएर पहिलो पटक आधारभूत तालिम लिएका हुन् ।नगर प्रहरीका लागि असार १४ गतेदेखि असार २३ गतेसम्म १० दिन नेपाल प्रहरीद्धारा तालिम दिइएको हो । शारीरिक र सैद्धान्तिक गरी २ प्रकारको तालिम दिइएको बताइएको छ । तालिमको एक कार्यक्रमका बीच सोमवार समापन गरिएको छ । महाकाली नगरपालिकामा प्रहरी