शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी, करारको पनि महंगी र स्थानीय भत्ता
दार्चुला : शैल्यशिखर नगरपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको छ । आर्थिक वर्ष २०८०/८१ को महालेखापरीक्षण प्रतिवेदन अनुसार नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहले स्थायी प्रकृतिको कामको लागि आवश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीका लागि लाग्ने खर्च व्यहोर्ने स्रोतसमेत विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने र यस्तो दरबन्दीको व्यवस्थापन सर्वेक्षण गरी सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था