विशेष

साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालको मृत्यु

दार्चुला : दार्चुलामा साइकलबाट लडेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । शुक्रवार दिउँसो महाकाली नगरपालिका–४ स्थित रिङ्नतालको ओरालो सडकमा साइकलबाट लडेका नौगाड गाउँपालिका–२ दल्लेखका २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका डडालको दिउँसो पौने चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिए । साइकलबाट खसेका डोबालको प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।

अर्गानिक खेतीमा अपिहिमाल गाउँपालिका प्रदेशमै उत्कृष्ट

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ । ४५ औँ विश्व खाद्य दिवसको अवसरमा बिहीवार एक कार्यक्रमका बीच नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो । अपिहिमाल गाउँपालिकामा ‘अर्गानिक अपि’ (विषादीरहित कृषि उत्पादन प्रवद्र्धन) कार्यक्रम सञ्चालनमा रहेको छ । सोहि ‘अर्गानिक अपि’ कार्यक्रमअन्तर्गत खाद्य सुरक्षामा र स्वच्छ खानामा पहुँच पुगेकोले अपिहिमाल गाउँपालिका सम्मानित भएको गाउँपालिका अध्यक्ष

जेलबाट भागेका ‘कुख्यात’ कैदी कुँवर पक्राउ

दार्चुला : दार्चुला कारागारबाट भागेका कैदी उमेश सिंह कुँवर पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति कारागारबाट भागेर फरार रहेका महाकाली नगरपालिका–१ का कुँवर मंगलवार राति पक्राउ परेका हुन् । २४ वर्षीय कुँवर जबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका थिए । कुँवर फरार भएको २९ दिनपछि पक्राउ परेका हुन् । घरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला

थालिगाड–निसिल सडकखण्डमा जीप दुर्घटना : एकको मृत्यु, १० घाइते

दार्चुला : दार्चुलाको थालिगाड निसिल सडक खण्डमा जीप दुर्घटना भएको छ । महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ को निसिलतर्फ गइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप आइतवार दिउँसो ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृतक २८ वर्षीय नरेश बहादुर पाल रहेका छन् । यस्तै घाइते हुनेमा वर्ष ४० को अम्मर सिंह धामी, वर्ष

ब्याँसका ‘लेखापाल’प्रति अनेक आरोप

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) गोपाल सिंह विष्टप्रति अनेक आरोप लागेका छन् । ब्याँस गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखापालप्रति विभिन्न आरोप लगाएका हुन् । लेखापालले अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि न फोन उठाउने, न कल ब्याक गर्ने भन्ने पहिलो आरोप उपाध्यक्ष कुँवरको छ । फोन कल रिसिभ नगर्नेले सेवाग्राहीलाई कति दुःख दिएको होला भन्ने प्रश्न तेर्साइएको छ ।

दार्चुलामा बस र जीप एकआपसमा ठोक्किए

दार्चुला : दार्चुलामा बस र जीप एक आपसमा ठोकिएका छन् । शुक्रवार बिहान साढे ८ बजेको समयमा शैल्यशिखर नगरपालिका-६ पनेबाज नजिकै बस र जीप एक आपसमा ठोक्किएका हुन् । जिल्ला सदरमुकाम खलंगाबाट महेन्द्रनगरका लागि छुटेको सुपप्र ०२-००१ ख १५२३ नम्बरको बस र गोकुलेश्वरबाट सदरमुकामतर्फ आइरहेको म १ ज २३९ नम्बरको बोलेरो जीप एक आपसमा ठोक्किँदा जीपको अगाडिको भागमा क्षति पुगेको छ ।  दुर्घटनामा मानवीय क्षति नभएको तर, जीपमा केहि क्षति

महेन्द्र माविका प्रशिक्षक र कर्मचारी गरी १५ जना हटाइए

दार्चुला : जिल्लाकै उलेख्य विद्यार्थी संख्या भएको महाकाली नगरपालिका–४ स्थित महेन्द्र मावि खलंगामा कार्यरत प्रशिक्षक र विद्यालय कर्मचारी गरी १५ जना हटाइएका छन् । विद्यालयको आन्तरिक स्रोतबाट तलब सुविधा प्राप्त गर्ने प्रशिक्षक र कर्मचारी गरी १५ जनालाई हटाइएको हो । भदौ ३० गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले १५ जना कर्मचारीलाई भदौ मसान्तपछि हाजिरमा रोक लगाउने निर्णय गरेको महेन्द्र माविले जनाएको छ । हटाइनेमा प्रशिक्षक ईन्जिनियर सुरेश बोहरा, ईन्जिनियर बिरेन्द्र

दार्चुलामा रेविजविरुद्धको निःशुल्क खोप लगाइदै

दार्चुला : दार्चुलामा विश्व रेविज दिवसको अवसर पारेर सप्ताहव्यापी रेविजविरुद्धको निःशुल्क खोप अभियान सुरु गरिएको छ । सेप्टेम्बर २८ तारिख अर्थात असोज १२ गतेको विश्व रेविज दिवसको अवसरमा सोमबारदेखि खोप अभियान सञ्चालन गरिएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र दार्चुलाका कार्यालय प्रमुख लाल बहादुर बोहराले जानकारी दिए । सप्ताहव्यापी कार्यक्रम अनुसार सामुदायिक तथा घरपालुवा कुकुर बिरालोलाई रेविज विरुद्धको खोप लगाइने उनले बताए । आफूले पालेको कुकुर बिरालोलाई खोप लगाई

दार्चुला जिल्ला अदालतका सम्पूर्ण सेवा बन्द

दार्चुला : दार्चुला जिल्ला अदालतले आफ्ना सम्पूर्ण सेवा बन्द रहने जनाएको छ । मंगलवार रातिदेखि प्रशासनले जारी गरेको कफ्र्यु आदेशका कारण अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवा बन्द रहने जनाएको हो । बुधवार बिहान जारी गरिएको सूचनामा दार्चुला जिल्लाभरि भएको कफ्र्यु आदेशका कारण आवागमनमा भएको अवरोधबाट उत्पन्न विषम परिस्थिति र संवेदनशीलतालाई मध्यनजर गरी सेवाग्राही एवं कानून व्यवसायीहरुको असहजतासमेतलाई ध्यानमा राखी अर्को सूचना जारी नभएसम्मका लागि अदालतबाट प्रवाह हुने सम्पूर्ण सेवाहरु बन्द

दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी

दार्चुला : दार्चुलामा अनिश्चितकालीन कफ्र्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार राति १० बजेदेखि लागू हुने गरी अनिश्चितकालीन कफ्र्यु जारी गरेको हो । प्रमुख जिल्ला अधिकारी अनिल पौडेलद्वारा जारी आदेशमा आन्दोलनका कारण उत्पन्न असहज परिस्थितिको प्रभाव दार्चुला जिल्लामा समेत परेको, पार्टी कार्यालयहरु तोडफोड गरेको, अन्य सरकारी कार्यालय लगायतमा क्षति पुर्याउन सक्ने देखिएकाले शान्ति व्यवस्था कायम गर्न जिल्ला सुरक्षा समितिको मंगलवारको सिफारिस बमोजिम भदौ २४ गते राति