दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आबद्ध
दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको छ । कोषसँग सोमवार औपचारिक सम्झौता गरेपछि अपिहिमाल गाउँपालिका सामाजिक सुरक्षा कोषमा आवद्ध भएको हो । सामाजिक सुरक्षा कोषमा आवद्ध हुने सुदूरपश्चिम प्रदेशको पहिलो पालिका पनि अपिहिमाल बनेको छ । गाउँपालिकामा कार्यरत १ सय ५० भन्दा बढी करार सेवाका कर्मचारी, स्वयंसेवक शिक्षक तथा अन्य अस्थायी श्रमिकहरू प्रत्यक्ष लाभान्वित हुनेछन् । यसबाट पालिकाका कर्मचारीहरुको निवृतिभरण, बीमा र उपचार खर्च जस्ता महत्वपूर्ण








