समाचार

रास्वपा दार्चुलाले भोलि सदरमुकाममा बिरोध र्‍याली निकाल्दै

दार्चुला : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) दार्चुलाले भोलि जिल्ला सदरमुकाममा खलंगामा बिरोध र्‍याली निकाल्ने भएको छ । पार्टी सभापति रवि लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै त्यसका विरुद्ध शान्तिपूर्ण बिरोध र्‍याली निकालिने रास्वपा दार्चुलाका उपसभापति राजेन्द्र पन्तले जानकारी दिए । र्‍याली बिहान ११ बजे सदरमुकामको बाङ्गाबगड जीप पार्क (खानेपानी ट्याङ्की) बाट सुरु गरिने उनले बताए । जीप पार्क हुँदै बजार परिक्रमा गर्दै पुलघाटमा कोणसभा गरिने रास्वपाले जनाएको छ ।

पूर्वमन्त्री बडूद्वारा महाकाली नदीको तटबन्धको निरीक्षण

दार्चुला : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले महाकाली तटबन्धको निरीक्षण गर्नुभएको छ । शुक्रवार पूर्वमन्त्री बडूले नेपाल–भारतको सीमा भएर बग्ने महाकाली नदीको महाकाली नगरपालिका वडा नम्बर १, ४ र ५ को क्षेत्रमा पर्ने तटबन्धको निरीक्षण गरेका हुन् । सीमा नदीले गरिरहेको कटान नियन्त्रण गर्न नयाँ तटबन्ध निर्माण, बनेको तटबन्ध संरचनाको मर्मतसम्भार, निर्माणाधिन कार्यको अनुगमन निरीक्षण गरिएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले जानकारी दिए । यस्तै

दार्चुलाको सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु खारेज, टिंकरमा अध्यागमन खोलिने

दार्चुला : सरकारले दार्चुलाको सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु, दार्चुला खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सीमा प्रशासन कार्यालय व्याँस, छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज

मनलाग्दी अन्तर्राष्ट्रिय सीमापुल बन्द गर्न पाईन्छ ?

दार्चुला : कात्तिक ५ गते सोमवार दार्चुलामा एक्कासी नेपाल–भारत जोड्ने खलंगा पुल बन्द भयो । जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरुले उक्त अन्तर्राष्ट्रिय सीमा पुलमा ताल्चा लगाए । सधैजसो नियमित आवागमन भइरहेको यो पुलमा सोमवार मध्यान्ह १२ बजेको समयमा जम्मा भएका व्यापारीहरुले नेपालतर्फ पुलको ढोका बन्द गरी तालाबन्दी गरेका हुन् । पुलमा तालाबन्दी हुँदा आवागमन रोकियो र सयौँ मानिस वारीपारी अड्किए । पुलमा तालाबन्दी गर्नुको कारण थियो प्रहरीले व्यापारीका गोदाममा छापा हानी

दार्चुलामा भन्सार छलीको समान बरामद

दार्चुला : दार्चुलामा प्रहरीले भन्सार छलीको समान बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिका–४ रिङनतालबाट बेवारिसे अवस्थामा रहेको भन्सार छलीको समान बिहीवार बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको ४८ हजार ६ सय मूल्य बराबरको अवैध कुबिन्डे मिठाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए । उनका अनुसार २७ पेटी अर्थात २ सय ४३ किलोग्राम कुबिन्डे बरामद गरिएको हो । उक्त

दार्चुलाको घरेलु र सिँचाई कार्यालयका प्रमुखको सरुवा

दार्चुला : घरेलु तथा साना उद्योग कार्यालय दार्चुला र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका कार्यालय प्रमुखको सरुवा भएको छ । बुधवार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो । घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरको डिभिजन वन कार्यालय दार्चुला सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीकी मगर घरेलु कार्यालय दार्चुलामा कामकाजमा रहेकी थिइन्

हुनैनाथ मन्दिर : परियोजना निर्माण र कार्यान्वयनबारे स्थानीयसँग छलफल

दार्चुला : मालिकार्जुन गाउँपालिका–४ हुनैनाथको मन्दिरमा पूर्वाधार निर्माण र मन्दिरको पहिरो नियन्त्रण कार्यान्वयनको अवस्थाका बारेमा स्थानीयहरु सँग छलफल गरिएको छ । मंगलवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू, सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम सिंह धामी, सहरी विकास मन्त्रालय अन्तर्गतको सघन विकास कार्यालय डोटी र वन मन्त्रालय अन्तर्गतको वृहत जलाधार कार्यालय पाटनको प्राविधिक टोलीले निरीक्षण गर्दै स्थानीय सँग छलफल गरेको हो । हुनैनाथ मन्दिर पर्यटन पूर्वाधार विकास

दार्चुलाको खुलामन्चमा कभर्ड हल निर्माण हुने, डीपीआर बन्दै

दार्चुला : दार्चुला जिल्ला सदरमुकाम खलंगास्थित खुलामन्चमा कभर्ड हल निर्माण हुने भएको छ । कभर्ड हल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको छ । डीपीआर तयारका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्राविधिक टोली दार्चुला पुगेर आवश्यक कार्य गरिरहेको जिल्ला खेलकुद समिति दार्चुलाका अध्यक्ष मान सिंह बुढाथोकीले जानकारी दिए । आइतवार दार्चुलाबाट निर्वाचित प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडू र राखेपका प्राविधिक नविन थापाले कभर्ड हल निर्माण

दार्चुला अस्पतालमा कार्यरत एनेस्थेसिया सहायक मिश्रको बिदाई

दार्चुला :  जिल्ला अस्पताल दार्चुलामा कार्यरत एनेस्थेसिया सहायक (असिस्टेन्ट) बागेश्वर प्रसाद मिश्रको मंगलवार अस्पताल बिदाई गरेको छ । निक साइमन इन्स्टिच्युट (एनएसआई) अन्तर्गत २०७५ माघ २७ गतेबाट जिल्ला अस्पताल दार्चुलामा काम थालेका एनेस्थेसिया सहायक (असिस्टेन्ट) मिश्र ५ वर्ष ७ महिनापछि यहाँबाट महाकाली अञ्चल अस्पताल गएका छन् । उनको मंगलवार एक कार्यक्रमका बीच जिल्ला अस्पताल दार्चुलाले बिदाई गरेको हो । एनएसआईले दुई वर्षको लागि दार्चुला खटाएका असिस्टेन्ट मिश्रको उत्कृष्ट कार्यसम्पादन देखिएकाले

दार्चुलामा ६९ औं प्रहरी दिवस विविध कार्यक्रम गरी मनाइयो

दार्चुला : ६९ औं प्रहरी दिवस–२०८१ विविध कार्यक्रम गरी मनाइएको छ । जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीको प्रमुख आतिथ्यतामा दिवस समारोह मनाइएको हो । जिल्ला प्रहरी कार्यालय दार्चुलाको प्राङ्गणमा रहेको अमर प्रहरी स्मारकमा पुष्प गुच्छाद्वारा श्रद्धाञ्जली अर्पण गरेर दार्चुलाका प्रमुख जिल्ला अधिकारी जोशीले दिवसको शुभारम्भ गरेका थिए । सोही अवसरमा प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरद्वारा प्रेषित शुभकामना सन्देश