समाचार

सीआरडीएस नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न

दार्चुला : गैरसरकारी संस्था सामुदायिक ग्रामिण विकास समाज नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आइतवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आफ्नो कार्य क्षेत्रका गतिविधिसहित सन २०२४ भित्र भए गरेका कार्यक्रम तथा बजेट बारे सरोकारवालाहरुको सहभागितामा सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो । दार्चुलाको दुहुँ गाउँपालिका, महाकाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गरिरहेको सीआरडीएस नेपालले संस्थाको परिकल्पना, समन्वय र सहकार्यमा गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा

मालिकार्जुन गाउँपालिका–१ बालविवाहमुक्त वडा घोषणा

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर १ लाई बालविवाहमुक्त वडा घोषणा गरिएको छ । पालिकाको पाँचौ वडाका रुपमा वडा नम्बर १ लाई शुक्रवार एक कार्यक्रका बीच बालविवाहमुक्त वडा घोषणा गरिएको हो । पछिल्लो समय बालविवाह हुनै छोडेपछि वडालाई बालविवाहमुक्त वडा घोषणा गरिएको वडा नम्बर १ का अध्यक्ष रमेश सिंह बोहराले बताए । मालिकार्जुन गाउँपालिकामा बालविवाह अन्त्यका लागि स्थानीय रणनीति, २०७६ (परिमार्जित २०८०) लागू भएपछि त्याँहा गैरसरकारी संस्था गुड नेवर्स

प्याब्सन दार्चुलाको अध्यक्षमा रैखोला

दार्चुला : निजी विद्यालयहरुको साँझा संगठन प्याब्सन दार्चुलाको अध्यक्षमा बिक्रम सिंह रैखोला चयन भएका छन् ।न्युमोडर्न स्कुल गल्फैका प्रीन्सिपल रहेका रैखोला प्याब्सन दार्चुलाको छैटौं जिल्ला अधिबेशनबाट बिहिवार अध्यक्षमा चयन भएका हुन् । छैटौं जिल्ला अधिवेशन प्याब्सन दार्चुलाका निवर्तमान अध्यक्ष प्रवेशप्रताप ऐतवालको अध्यक्षता, सुदूरपश्चिम प्रदेश वरिष्ठ उपाध्यक्ष समरजङ बहादुर चन्दको प्रमुख आतिथ्यता एवं कोषाध्यक्ष भवान सिंह बिष्टको विशिष्ट आतिथ्यतामा सम्पन्न भएको हो । छैटौं अधिवेशनबाट बिक्रम सिंह रैखोलाको अध्यक्षतामा ७ सदस्यीय

दार्चुलामा जुवा खेलिरहेको अवस्थामा ९ जना पक्राउ

दार्चुला : दार्चुलामा ९ जना जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका छन् । मालिकार्जुन गाउँपालिका-४ देवधुरास्थित भुवन सिंह धामीले सञ्चालन गरेको अमन किराना तथा नास्ता पसलमा जुवातास खेलिरहेको अवस्थामा पसल सञ्चालक सहित ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । बिहिवार राति ११ बजेतिर जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले नगद १ लाख १३ हजार ७ सय ७५ रुपैयाँ नगद र २ गड्डी

सुदूरपश्चिमका डीआईजी चन्दद्वारा दार्चुलाको निरीक्षण भ्रमण

दार्चुला : सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख, प्रहरी नायव महानिरीक्षक गणेश चन्दले दार्चुलाको निरीक्षण भ्रमण गर्नुभएको छ । मंगलवार जिल्ला प्रहरी कार्यालय दार्चुलाको निर्माणाधीन भवन अवलोकनका साथै जिल्लाको शान्ति, सुरक्षा एवं समग्र वस्तुस्थितिका बारेमा जानकारी लिनुभएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रमुख, प्रहरी नायव उपरीक्षक प्रकाश दाहालले जानकारी दिए । यस्तै कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरु तथा मातहत प्रहरी इकाईका युनिट इन्चार्जहरुलाई आवश्यक विभागिय नीति निर्देशन दिइएको बताइएको छ । डीआईजी चन्दलाई

सशस्त्रले सञ्चालन गर्‍यो सीमाबासी लक्षित निःशुल्क स्वास्थ्य शिविर

दार्चुला : सशस्त्र प्रहरीले दार्चुलामा सीमाबासीका नागरिकका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाको आयोजनामा सीमाबासी लक्षित निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको हो । २४ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आइतबार दार्चुलामा सीमाबासीका नागरिकका लागि स्वास्थ्य शिविर संचालन गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ४४ गण हेडक्वाटर दार्चुलाका सशस्त्र प्रहरी नायव उपरीक्षक बिरेन्द्र बहादुर पालले जानकारी दिए । सशस्त्र प्रहरीले

दार्चुलामा महाकाली बेसिन युवा सम्मेलन

दार्चुला : दार्चुलामा महाकाली बेसिन युवा सम्मेलन सुरु भएको छ । महाकाली नदी तटिय क्षेत्रका युवाहरुको सहभागितामा महाकाली बेसिन युवा सम्मेलन सुरु भएको हो । सीडाको आर्थिक तथा अक्सफार्म नेपालको प्राविधिक सहयोगमा सीआरडीएस नेपालद्धारा सञ्चालित ट्रोसा परियोजनामार्फत महाकाली बेसिन युवा सम्मेलन आयोजना गरिएको हो । आइतवार एक कार्यक्रमका बीच दार्चुला जिल्ला सदरमुकाम खलंगामा युवा सम्मेलन सञ्चालन भएको छ । दुई दिनसम्म चल्ने सम्मेलनमा नदी तटिय क्षेत्रका नागरिकको जीवनस्तर, महाकाली नदीको

भारतीय एक्साभेटर महाकाली नदी हुँदै नेपालतर्फ पुगेपछि विवाद

दार्चुला : महाकाली नदीमा तटबन्ध निर्माण कार्यका लागि भारतीय एक्साभेटर नदी हुँदै नेपालतर्फ पुगेपछि दार्चुलामा विवाद भएको छ । आइतवार बिहान साढे ११ बजेतिर निर्माण कार्य गर्न बाटो पन्छाएर नेपाली भूभागतिर प्रवेश गरेपछि विवाद भएको हो । भारतीय एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश गरेपछि स्थानीय बासिन्दाहरु आक्रोशित बने । भारतीय ठेकेदारको एक्साभेटर अनुमतिबेगर नेपालतर्फ प्रवेश गरेपछि नियन्त्रणमा लिइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिए । एक्साभेटर नेपाली क्षेत्रमा प्रवेश

किम्तडी भीर `ठण्याकाठा´ मा पहिरो खस्दा सडक अवरुद्ध

दार्चुला : महाकाली नगरपालिका-५ किम्तडी नजिककाे भीर ठण्याकाठामा पहितो खस्दा सडक अवरुद्ध भएको छ ।आइतबार बिहान करिब साढे सात बजेतिर सडक माथिबाट पहिरो खस्दा सडक अवरुद्ध भएको हो । त्यहाँ अहिले सडक निर्माणको कार्य भइरहेको छ ।

दार्चुला बहुमुखी क्याम्पसमा पहिलो पल्ट राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको इकाई समिति गठन

दार्चुला : सुदूरपश्चिम विश्वविद्यालय दार्चुला बहुमुखी क्याम्पसमा राष्ट्रिय प्रजातन्त्र पार्टीको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थीको इकाई समिति गठन गरिएको छ । शुक्रवार क्याम्पसमा इकाइ समिति गठन गरिएको हो । दार्चुला बहुमुखी क्याम्पसको इकाइ समितिको अध्यक्षमा बसन्त कुमार लोहार, उपाध्यक्षमा हिक्मत सिंह धामी, बिमला रावत, सचिवमा जगदीश महरा, सह–सचिव मेनुका धामी कोषाध्यक्षमा साजन बोहरा चयन भएका छन् । यस्तै सदस्यहरुमा चन्द्र सिंह धामी, हरिश जोशी, प्रतिभा कुँवर, मिलन सिंह बोहरा, पुस्कर