मालिकार्जुन जात्रा : मदिरा निषेध, ट्राफिक नियम अनिवार्य, सुरक्षा व्यवस्था चुस्त
दार्चुला : जिल्लाकै ठूलो जात्राका रुपमा लिइने मालिकार्जुन गाउँपालिका-३ स्थित राष्ट्रिय धाम मालिकार्जुन मन्दिरको जात्रालाई सभ्य र भब्य मनाइने भएको छ । मङ्गलवार लाग्ने रात्रिकालिन जात्रालाई मध्यनजर गर्दै मदिरा तथा मदिराजन्य पदार्थमा पूर्ण रोक लगाइने, दुर्घटना हुन नदिन ट्राफिक नियममा कडाइ गर्ने र सुरक्षा व्यवस्था चुस्तदुरुस्त बनाइने दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए ।जात्रालाई सभ्य र भव्य बनाउन हर सम्भव प्रयासको पहल थालिएको प्रजिअ पौडेलले बताए । जात्रालाई










