प्यारो भूमि सिद्धटोपी
जिन्दगीमा बसन्त उजाडिएरषरदको सिरेटो चलेको बेलामुटु भित्रको स्नेहको साँगर सुकेरछाती मरुभूमि बनेको बेलातिम्रो सौन्दर्यताको पछ्यौरी ओढेरतिम्रै काखमा निदाउन मन छ । प्यारो सिद्धटोपीविश्वासले बाँधेको प्रेमको डोरी टुटेरजिन्दगी तनावको खाडलमा डुब्नै लाग्दाआशाको दियो निभेरजिन्दगीमा अध्यारो छाएको बेलाआफैलाई आफ्नै जिन्दगीबाटभरोसा गुमेको बेलाजिन्दगीको दु:ख, पीर बेदनाको भारी बिसाउनतिम्रै छातीमा निदाउन मन छ । प्यारो भूमि सिद्धटोपीतिम्रो छातीमा उभिएकोभ्यु-टावरबाट सेताम्य हिमशिखरकोसौन्दर्यता हेर्न मन छमहादेवले स्नान गरेको ब्रम्हदहकोपानी पिउदै मनको प्यास मेटाउन मन छ ।साउन