विशेष

पूर्वसभामुख अग्निविरुद्धको ज्यान मुद्दा अघि बढाउन सर्वोच्चको आदेश

काठमाडौं : सर्वोच्च अदालतले माओवादी केन्द्रका उपाध्यक्ष एवं पूर्वसभामुख अग्निप्रसाद सापकोटा विरुद्धको ज्यान मुद्दामा अनुसन्धान अघि बढाउन आदेश दिएको छ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत तथा न्यायाधीशहरु सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुडालको इजलासले सापकोटा विरुद्धको ज्यान मुद्धालाई अगाडि बढाउन उत्प्रेषणको आदेश दिएको हो । इजलाशले तत्कालिन प्रधानमन्त्री डा बाबुराम भट्टराइ नेतृत्वको सरकारले सापकोटालगायत विरुद्ध मुद्दा नचलाउने गरी गरेको निर्णय तथा किटानी उजुरी तामेलीमा राख्ने प्रहरीको निर्णय

धनगढीमा भारतबाट फर्किएका तीन जनामा कोरोना संक्रमण

कैलाली : भारतबाट फर्केका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको दिल्ली, पञ्जाब र गुजरातबाट स्वदेश फर्किंदै गरेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको सुदूरपश्चिम प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रले जनाएको छ । भारतबाट घर फर्किइरहेका ३६ जनाको कैलालीस्थित त्रिनगर सीमा नाकामा बुधवार एन्टिजेन परीक्षण गर्दा तीन जनामा कोरोना पोजिटिभ देखिएको हो । कोरोना देखिनेमा दुई पुरुष र एक महिला रहेको केन्द्रका स्रोत व्यक्ति हेमराज जोशीले बताए

“मेरो सपनाको धाप”

✍️ विशाल सिंह रैखोला दार्चुला जिल्ला महाकाली नगरपालिका-७ धाप अरूका लागि केवल धाप हो । एउटा गाउँ हो। तर, मेरा लागि भने यो जन्मभूमि हो । स्वर्ग हो। भनिन्छ नि जननी जन्मभूमिश्च स्वर्गादपि गरीयसी अर्थात् आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूलो हुन्छन्। म सामान्यतया सपना देख्ने मान्छे हुँ र मैले मेरो गाउँ धापको हितमा सपना देखेको छु। के भविष्यमा धाप यस्तो होला त ? मैले सपनामा देखेको छु धाप अब

लेकम गाउँपालिका–५ मा फोरजीको नेटवर्क समस्या

दार्चुला : लेकम गाउँपालिका–५ मा नेपाल टेलिकमको नेटवर्कमा समस्या देखिएको छ । वडामा फोरजी टावर जडान गरिएको भएपनि नेटवर्क समस्या देखिएको हो । वडाको चनैलामा २०८१ चैत ११ गतेदेखि फोरजी सेवाको नेटवर्क जडान गरिएको भएपनि त्यस क्षेत्रमा फोरजी सेवाले काम नगर्ने गरेको स्थानीयहरुले बताएका छन् । फोरजी नेटवर्कको समस्या सामाधान गरिदिन वडामा स्थानीयहरुको भेला बसेर सामूहिक रुपमा वडाको तर्फबाट नेपाल टेलिकमलाई समस्या समाधानका लागि आग्रह गरिएको लेकम गाउँपालिका वडा नम्बर

नेपाल प्रेस युनियन स्थापना दिवस : दार्चुुलामा स्वास्थ्य परीक्षण

दार्चुला : नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दार्चुला शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दार्चुलाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । युनियनको साताव्यापी कार्यक्रमअन्तर्गत जेठ १३ गते दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दार्चुला शाखाका अध्यक्ष कमल राज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मधुमेहको परीक्षण, उच्च रक्तचाप, शरीरको उचाइ

अनेरास्ववियु सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति अध्यक्षमा बोहरा चयन

दार्चुला : अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति अध्यक्षमा सुवास बोहरा चयन भएका छन् । बुधवार सम्पन्न दोस्रो अधिवेशनबाट बोहराको नेतृत्वमा २१ सदस्यीय सुदूरपश्चिम–काठमाडौँ सम्पर्क समिति चयन गरिएको हो । बोहरा बैतडी जिल्लाबाट प्रतिनिधित्व गर्छन् । समितिको उपाध्यक्षमा निराजन थापा (दार्चुला), सन्तोष सिंह (बझाङ), प्रसाद रावल (बाजुरा) र सचिवमा उपेन्द्र बोहरा (डोटी) चयन भएका छन् । यस्तै सहसचिव नवीन बोहरा (अछाम), गितु केसी (कैलाली), पुष्कर देउवा

अपिहिमाल बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने

दार्चुला : सुदूरपश्चिम प्रदेशकै अग्लो हिमाल अपिहिमालको बेसक्याम्पमा योग ध्यान शिविर सञ्चालन गरिने भएको छ ।दार्चुलाको अपिहिमाल गाउँपालिकामा पर्ने चार हजार मिटर उचाइको अपिहिमाल बेसक्याम्पमा पहिलोपटक योग ध्यान शिविर सञ्चालन गरिन लागिएको हो । पर्यटन प्रवर्द्धनका माध्यमबाट यो क्षेत्रलाई आध्यात्मिक र पर्यटकीय गन्तव्यको रूपमा स्थापित गर्ने उद्देश्यले योग शिविर आयोजना गर्न लागिएको अपिहिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहराले जानकारी दिनुभयो ।शिविर जेठ १६ गते अपिहिमाल बेसक्याम्पमा आयोजना गरिने उहाँले

हावाहुरीले गरडा मावि भवनको छानो उडायो, जस्तापास्ता यत्रतत्र

दार्चुला : दार्चुलाको मालिकार्जुन गाउँपालिका–६ मा रहेको गरडा माध्यमिक विद्यालय बाँकुको भवनको छानो हावाहुरीले उडाएको छ । सोमवार दिउँसो तीन, चार बजेतिर परेको पानीसहितको हावाहुरीले विद्यालयको छाना उडाएको हो । हावाहुरीले विद्यालय भवनको जस्तापाताले छाएको छाना उडाएको विद्यालयका प्रधानाध्यापक सुरेन्द्र गिरीले जानकारी दिनुभयो । तीन कोठे जस्तापाताले छाएको भवनको छाना पूर्ण रुपमा क्षति भएको उहाँले बताउनुभयो । हावाहुरीले छाना उडाएर टाढा टाढासम्म पुगाएको छ । विगतमा वर्षा हुँदा चुहिने समस्या रहेको

विजयालाई नेविसंघ ‘डीएमसी’ इकाई अध्यक्षको जिम्मेवारी, बनिन् पहिलो महिला अध्यक्ष

दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुला बहुमुखी क्याम्पस इकाई समिति अध्यक्षको जिम्मेवारी विजया जोशीलाई दिइएको छ । आइतवार नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टले जोशीलाई दार्चुला बहुमुखी क्याम्पस इकाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । क्याम्पस इकाई अध्यक्ष प्रकाश बडू स्ववियु अध्यक्षमा निर्वाचित भएपछि जोशीलाई नेविसंघ दार्चुला बहुमुखी क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघ दार्चुलाले जनाएको छ । जोशी दार्चुला बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष बन्नेमा पहिलो महिला हुनुहुन्छ ।

महिला कृषकहरुलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम

दार्चुला : दार्चुलाका कृषक महिलाहरूलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा र सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली नगरपालिका-८ काँकडाको संयुक्त आयोजनामा प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम संचालन गरिएको हो ।सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रका महिला कृषकहरु आर्थिक उपार्जन, कृषि खेती र जीविकोपार्जनका क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । शनिवार राष्ट्रिय महिला किसान महासंघ केन्द्रीय