विशेष

मौसम अनुकुल रहँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा

दार्चुला : बाढी तथा पहिरोले प्रभाव पारेपछि देशभर तीन दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेपनि मौसम अनुकुल हुँदा दार्चुलाका विद्यालय नियमित सञ्चालनमा रहेका छन् । शनिवार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभर भएको अविरल वर्षाबाट विभिन्न स्थानमा भौतिक तथा मानवीय क्षतिका भएकाले विद्यालय भवनमासमेत आकस्मिक व्यवस्थापन गर्नुपर्ने भएकाले आइतवारदेखि मंगलवारसम्म विद्यालय बन्द गर्न स्थानीय तहलाई अनुरोध गरेको थियो । तर, दार्चुलामा दुई/तीन दिन यतादेखि मौसम अनुकुल रहेकाले सबै स्थानीय

राष्ट्रिय युवा संघ दार्चुलाको अध्यक्षमा पाल

दार्चुला : राष्ट्रिय युवा संघ नेपाल दार्चुलाको अध्यक्षमा मुकेश बहादुर पाल चयन भएका छन्। युवा संघ दार्चुलाको आठौँ अधिवेशनबाट पाल अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको उपाध्यक्षमा ललित सिंह खत्री, सचिवमा सुरेश सिंह महरा, सह सचिवमा रविन्द्र सिंह धामी, कोषाध्यक्षमा निरुता ओड चयन भएका छन् । पालको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी चयन गरिएको निर्वाचित उपाध्यक्ष ललित खत्रीले जानकारी दिए । शनिवार दार्चुला सदरमुकाममा सम्पन्न अधिबेशनबाट युवा संघको नेतृत्व

भोलिदेखि तीन दिन देशभरका विद्यालय बन्द गर्ने निर्णय

दार्चुला : बाढी पहिरोले देशभर प्रभाव पारेपछि सरकारले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शनिवार सूचना जारी गर्दै बाढी र पहिरोको असर सबैतिर भएकोले तीन दिन विद्यालय बन्द गर्ने निर्णय भएको जनाएको छ । यो निर्णय अनुसार मंगलवारसम्म विद्यालय बन्द हुनेछन् । अधिकांश विद्यालयमा अहिले परीक्षा चलिरहेको छ ।  मन्त्रालयले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘विद्यालय भवनमा आकस्मिक व्यवस्थापनसमेत गर्नुपर्ने भएकाले देशभरका सबै विद्यालय

दार्चुलामा स्याउ/ओखर तथा सुन्तलाजात फलफूल जोनको संचालन समन्वय समिति पुनर्गठन

दार्चुला : दार्चुलामा स्याउ/ओखर तथा सुन्तला जातका फलफूल जोनको सञ्चालन समन्वय समिति पुनर्गठन गरिएको छ । जिल्लामा सुचिकृत कृषि फर्म चलाइरहेका कृषकहरुलाई समेटेर जोन संचालन समन्वय समिति पुनर्गठन गरिएको हो । शनिवार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई दार्चुलाले एक कार्यक्रमको आयोजना गर्दै नयाँ समिति गठन गरेको कार्यालय प्रमुख कमल तामाङले जानकारी दिए । स्याउ/ओखर जोन सञ्चालन समन्वय समितिको संयोजकमा देवेन्द्र सिंह रोकाया चयन भएका छन् । यस्तै टेकेन्द्र

प्रशारण लाईनको तार चुँडिदा दार्चुला र बैतडीमा विद्युत सेवा अवरुद्ध

दार्चुला : विद्युत प्रशारण लाईनको तार चुडिँदा दार्चुुला र बैतडीमा विद्युत अवरुद्ध भएको छ । नेपाल विद्युत प्राधिकरण अत्तरिया ग्रीड महाशाखा कार्यालय अन्तर्गतको १३२ केभी प्रसारण लाईनको तार चुडिँदा विद्युत अवरुद्ध भएको हो । शुक्रवार साँझ शैल्यशिखर नगरपालिका–९ गोकुलेश्वर क्षेत्रमा प्रशारण लाईनको तार चुडिएर बैतडी र दार्चुला जाने ३३ केभी लाईनमाथि परेको हुँदा दुबै जिल्लामा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रले जनाएको छ । लाईन मर्मतका

बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रममार्फत नगद उपलब्ध गराइने

दार्चुला : महाकाली नगरपालिकाको ‘बेसहारा आमाबुवाको सहारा नगरप्रमुख कार्यक्रम’ मार्फत उपलब्ध हुँदै आएको खाद्यान्नको सट्टा अब नगद उपलब्ध गराइने भएको छ । नगरपालिकाले चालू आर्थिक वर्षदेखि खाद्यान्नको सट्टा नगद उपलब्ध गराउँने तयारी गरेको हो । कार्यविधि संशोधन गरेर लाभान्वित आमाबुवाहरुलाई नगद उपलब्ध गराउने तयारीमा रहेको महाकाली नगरपालिकाका प्रमुख नर सिंह चैसिरले जानकारी दिए । खाद्यान्नमा गुणस्तर, ढुवानी खर्चसहितलाई हेरेर नगद उपलब्ध गराउने कार्यविधि तयार पारिएको उनले बताए । परिवारजनमा छोराछोरी

बसपार्क क्षेत्रमा प्रहरीको यात्रु सहायता कक्ष

दार्चुला : जिल्ला प्रहरी कार्यालय दार्चुलाले सदरमुकाम स्थितको बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । आउँदै गरेका चाडपर्वलाई मध्यनजर गरेर महाकाली नगरपालिका–५ बसपार्क क्षेत्रमा यात्रु सहायता कक्ष स्थापना गरिएको हो । बुधवार यात्रु सहायता कक्ष स्थापना गरि संचालनमा ल्याइएको छ । नजिकै आइरहेका दशैँ, तिहार र छठ जस्ता पर्वलाई मध्यनजर गर्दै यात्रुको सहजताका लागि यात्रु सहायता कक्ष संचालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी कान्ति राज जोशीले

दार्चुलामा जीप दुर्घटना, तीन जना घाइते

दार्चुला : दार्चुलामा जीप दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । जिल्लाको शैल्यशिखर नगरपालिका–५ ओखडानीमा बुधवार दिउँसो सुदूरपश्चिम प्रदेश ०१–००१ ज १५९४ नम्बरको जीप दुर्घटना भएको हो । शैल्यशिखर नगरपालिका-५ बगौरादेखि सेत्कला जाँदै गरेको जीप दुर्घटना हुँदा जीपमा सवार शैल्यशिखर नगरपालिका–४ का २३ वर्षीय हरिश सिंह धामी, सोही वडाका २१ वर्षीय मोहन सिंह धामी र ३९ वर्षीय दान सिंह ठगुन्ना घाइते भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं

दार्चुलाका डिएसपी सिंहको सरुवा, दाहाल आउने

दार्चुला : दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार दार्चुलाका डिएसपी सिंहसहित १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी नायव उपरीक्षक सिंहले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए । उनको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको हो । उनको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा,

सन नेपाल लाईफको वार्षिकोत्सवमा अनाथ छात्रावासलाई खाद्यान्न सहयोग

दार्चुला : सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौँ वार्षिकोत्सवको अवसरमा दार्चुलामा खाद्यान्न सहयोग गरिएको छ । `समुदाय सँगसँगै कदम उठाउँदै´ भन्ने मूल नाराका साथ सन नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड उपशाखा दार्चुलाले वार्षिकोत्सवका अवसरमा आइतवार महेन्द्र नमुना माविको छात्रावासलाई खाद्यान्न सहयोग गरेको हो । छात्रावासका लागि ५२ किलोग्राम चामल, ५ लिटर तेल, दालमा चना, मल्का र मास ३/३ किलोग्राम र मसला पनि वितरण गरिएको सन नेपाल लाईफ ईन्स्योरेन्स उपशाखा