विशेष

‘उथलपुथल’ मै बित्यो प्रचण्ड सरकार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’कै भाषा सापटी लिएर भन्ने हो भने २०७९/८० र ०८१ सालको नेपाली राजनीतिमा निकै ‘उथलपुथल’ भएको देखिन्छ। ०८० मा त कति हो कति यो ‘उथलपुथल’ २०८१ मा पनि जारी नै रहेको छ। राजनीतिक अस्थिरताले सत्ता समीकरण फेरबदल भयो भने यसको असर प्रदेशसम्म नै परिरहेको छ। एकातिर असार–साउनको महिना बाढीपहिरोले देश डुबानमा परिरहेको छ भने अर्कोतिर सरकारले राजनीतिमा निकै ‘उथलपुथल’ गर्दा सरकारले नै देश डुबाउँछ कि

सुदूरपश्चिम सरकारले यस आर्थिक वर्ष १० अर्ब रुपैयाँ खर्च गर्न सकेन

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष ०८०/८१मा १० अर्बभन्दा बढी रकम खर्च गर्न सकेको छैन। यस आर्थिक वर्षका लागि विनियोजित २९ अर्ब २८ करोड ५६ लाख ४० हजार रुपैयाँमध्ये १० अर्ब ६६ करोड ३१ लाख १३ हजार २ सय ५४ रुपैयाँ खर्च गर्न नसकेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार कुल बजेटको ६३.५९ प्रतिशत मात्र खर्च भएको छ। चालु आर्थिक वर्षको विकास बजेट अर्थात पुँजीगततर्फ विनियोजित १७ अर्ब

नगर प्रहरीलाई पन्ध्र महिनापछि तालिम

दार्चुला : महाकाली नगरपालिकाका नगर प्रहरीले पन्ध्र महिनापछि आधारभूत तालिम प्राप्त गरेका छन् । २०७९ साल चैत महिनामा नियुक्त भएका नगर प्रहरीले अहिले आएर पहिलो पटक आधारभूत तालिम लिएका हुन् ।नगर प्रहरीका लागि असार १४ गतेदेखि असार २३ गतेसम्म १० दिन नेपाल प्रहरीद्धारा तालिम दिइएको हो । शारीरिक र सैद्धान्तिक गरी २ प्रकारको तालिम दिइएको बताइएको छ । तालिमको एक कार्यक्रमका बीच सोमवार समापन गरिएको छ । महाकाली नगरपालिकामा प्रहरी

पछिल्लो १ महिनामा बाढीपहिरोबाट ८० जनाको मृत्यु

काठमाडौं । अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‍मा परी मंगलबार दिउँसोसम्म ८० जनाको मृत्यु भएको छ। बाढी, पहिरो लगायतका विपद्‍मा परी काठमाडौं उपत्यकामा १ जना, कोशी प्रदेशमा १९ जना, मधेश प्रदेशमा ३ जना, बागमती प्रदेशमा ४ जना, गण्डकी प्रदेशमा २२ जना, लुम्बिनी प्रदेशमा २० जना, कर्णाली प्रदेशमा ४ जना र सुदूरपश्चिम प्रदेशमा ७ जना गरी जम्मा ८० जनाको मृत्यु भएको हो। साथै

दार्चुलामा जुवा खेलिरहेका ५ जना पक्राउ

दार्चुला : दार्चुलामा जुवा खेलिरहेका ५ जना नगदसहित पक्राउ परेका छन् । जिल्लाको महाकाली नगरपालिका-४ बसपार्कस्थितको बिरेन्द्र वन गेष्ट हाउसबाट जुवातास खेलिरहेको अवस्थामा ५ जना पक्राउ परेका हुन् । पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका–४ बस्ने ३५ वर्षीय पुरन राज खत्री, महाकाली नगरपालिका–४ कै ३५ वर्षीय प्रेम दत्त जोशी, बैतडीको सुर्नया गाउँपालिका–१ बस्ने ३८ वर्षीय दीपक चन्द, कञ्चनपुरको बेतकोट नगरपालिका–९ का ४० वर्षीय खडक बहादुर मल्ल र डडेल्धुराको पर्शुराम नगरपालिका–९ बस्ने

अहिलेसम्म ४१ पुल बाढीमा बगे, १० करोड बढीको क्षति

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न भागमा बाढीपहिरोलगायत विपद्का घटनामा परेर हालसम्म ७८ जनाले ज्यान गुमाएका छनभने १० करोडभन्दा बढीको क्षति भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार गत जेठ २८ गतेदेखि हालसम्म देशका विभिन्न स्थानमा आएको बाढीपहिरामा परेर ७८ जनाको मृत्यु भएको हो। जेठ २८ देखि आज विहानसम्म बाढीपहिरा परेर ९० जनाघाइते र पाँचजना वेपत्ता भएका छन्। बाढीपहिराका कारण तीन सय ८१ पशु चौपायको मरेका, ९८ गोठमा क्षति भएको,

सुदूरका पहाडमा पहिरोको वितण्डा, सडक अवरुद्ध

दार्चुला । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडकपनि पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द

महाकालीमा पानीको बहाव बढ्दै, सीमा नाकाका पुल बन्द

दार्चुला । महाकाली नदीमाथि पानीको बहाव बढ्दै गएपछि दार्चुलाका सीमा नाकाका पुलहरू बन्द गरिएका छन्। पानीको बहाव बढ्दै गएपछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल–भारत सीमा नदी महाकालीमा रहेका सबै झोलुङ्गे पुल बन्द गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। आज बिहानैदेखि आकस्मिकबाहेक अन्य नागरिकलाई सीमा पुलहरूमा आवतजावतमा रोक लगाइएको प्रहरीले जनाएको छ। खलंगामा रहेको पुलघाट खलंगा, तिग्रम, दत्तु, जौलिजिवी, बाकु, लाली, मल्घट्टे, माललगायतका पुलहरूमा आकस्मिकबाहेक अन्य आवतजावत बन्द गरिएको प्रहरीले

दार्चुलामा १ सय २८ जना क्षयरोगका बिरामी फेला

दार्चुला : दार्चुला जिल्लामा १ सय २८ जना क्षयरोगका बिरामी फेला परेका छन् । चालू आर्थिक वर्षमा जिल्लाका १ सय २८ जना क्षयरोगी फेला परेका हुन् । स्वास्थ्य कार्यालय दार्चुलाले शुक्रवार आयोजना गरेको पत्रकार तथा अन्य स्वास्थ्य संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा उक्त जानकारी दिइएको हो । स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख एवं बरिष्ठ जनस्वास्थ्य अधिकृत रमेश कुँवरका अनुसार दार्चुलाका ९ वटै स्थानीय तहमा क्षयरोगका बिरामी फेला परेका छन् । सबैभन्दा बढी जिल्लाको

एसइई पूरक परीक्षा साउन २३ गतेबाट, तालिका सार्वजनिक

भक्तपुर : परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले एसइई पूरक परीक्षाको तालिका सार्वजनिक गरेको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्डको निर्णय अनुसार साउन २३ गते देखि सुरु गर्ने गरी आज तालिका सार्वजनिक गरेको हो । २०८० साल चैत्र १५ गते देखि सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा नियमित परीक्षार्थीको रूपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूले पूरक परीक्षामा भाग लिन पाउने जनाएको छ