विशेष

‘जीवन र मृत्युबीच लडिरहेका रोशनलाई अब हामी सबैको साथ चाहियो’

दार्चुला : जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका १६ वर्षीय रोशन बडाल अहिले ब्लड क्यान्सरसँग ज्यानको युद्ध लडिरहेका छन् । कक्षा ९ मा अध्ययनरत रोशन अहिले काठमाडौंस्थित सिभिल अस्पतालको शैय्यामा दिनरात बेदनासँग जुधिरहेका छन् । जसले कहिल्यै हार मानेका थिएनन्, विद्यालयमा राम्रो पढ्थे, सपना थियो परिवारलाई उज्यालो भविष्य दिने तर नियतिले अर्कै बाटो देखायो। ब्लड क्यान्सरको संक्रमणसँगै उनको परिवारमा बज्रपात भयो । अझ दर्दनाक त के भने, उपचारकै बीचमा उनका बुबाको अकस्मात्

प्रेम राज बने आयुर्वेद डाक्टर

दार्चुला : दुहुँ गाउँपालिका–४ जोशीगाउँका प्रेम राज जोशी आयुर्वेद डाक्टर बनेका छन् । आयुर्वेद चिकित्सा परिषद् नेपालले लिएको लाइसेन्सिङ् परीक्षामा उतीर्ण हुँदै २५ वर्षीय जोशी आयुर्वेद डाक्टर बन्न सफल भएका हुन् । डाक्टर बन्नेमा त्यहाँका जोशीपरिवारका प्रेम राज पहिलो व्यक्ति हुन् । कक्षा तीनसम्म गाउँकै धारिपाटा मावि धारीमा अध्ययन गरेका जोशीले कक्षा ४ र ५ जिल्ला सदरमुकामस्थित बसन्त भ्याली पब्लीक स्कुल र कक्षा ६ देखि १० सम्म एसियन एकेडेमी स्कुलबाट

भारतको पागंला महोत्सवमा ब्याँसको गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन

दार्चुला : भारतको पांगला महोत्सवमा दार्चुला ब्याँस गाउँपालिकाको जय गोरखनाथ सचेतना समाजको झाँकी प्रदर्शन गरिएको छ । भारतको उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्ला धारचुला तहसिलअन्तर्गत ग्रामसभा पांगलामा आयोजना गरिएको महोत्सवमा नेपालकोतर्फबाट सहभागिता जनाएको ब्याँस गाउँपालिका–४ सुन्सेराको जय गोरखनाथ सचेतना समाजले स्थानीय बाजागाजासहित झाँकी प्रदर्शन गरेको हो । बुधवार स्थानीय पहिरनमा सजिएका महिलाहरुले देउडा खेल खेल्दै आफ्नो साँस्कृतिक झाँकी प्रदर्शन गरेको जय गोरनाथ सचेतता समाज सुन्सेराका सूचना अधिकारी आयुस कुँवरले जानकारी दिए

दार्चुलाको मार्मामा जीप दुर्घटना, जीप धनिको मृत्यु

दार्चुला : दार्चुलाको मार्मा गाउँपालिका–३ दानीखेतमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।  शुक्रवार बिहान मार्माको लटिनाथबाट सार्सीतर्फ जाँदै गरेको सु.प.प्र ०१-००१ ज १६६२ नम्बरको जीप दानीखेतमा दुर्घटना भएको हो।  उक्त दुर्घटनामा परी जीप धनि ३४ वर्षीय करबिर सिंह ठगुन्नाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक विक्रम शाहीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालको मृत्यु

दार्चुला : दार्चुलामा साइकलबाट लडेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । शुक्रवार दिउँसो महाकाली नगरपालिका–४ स्थित रिङ्नतालको ओरालो सडकमा साइकलबाट लडेका नौगाड गाउँपालिका–२ दल्लेखका २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका डडालको दिउँसो पौने चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिए । साइकलबाट खसेका डोबालको प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।

साइकलबाट लडेर गम्भीर घाइते भएका डोबालको मृत्यु

दार्चुला : दार्चुलामा साइकलबाट लडेर गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । शुक्रवार दिउँसो महाकाली नगरपालिका–४ स्थित रिङ्नतालको ओरालो सडकमा साइकलबाट लडेका नौगाड गाउँपालिका–२ दल्लेखका २८ वर्षीय अमृत डोबालको मृत्यु भएको हो । टाउँकोमा गम्भीर चोट लागेका डडालको दिउँसो पौने चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिए । साइकलबाट खसेका डोबालको प्रहरी र स्थानीयले उद्धार गरी जिल्ला अस्पताल पुर्याएका थिए ।

अर्गानिक खेतीमा अपिहिमाल गाउँपालिका प्रदेशमै उत्कृष्ट

दार्चुला : दार्चुलाको अपिहिमाल गाउँपालिका सम्मानित भएको छ । ४५ औँ विश्व खाद्य दिवसको अवसरमा बिहीवार एक कार्यक्रमका बीच नेपाल सरकारको कृषि तथा पशुपन्छी विकास मन्त्रालय र कृषि विभागले अपिहिमाल गाउँपालिकालाई सुदूरपश्चिम प्रदेशको उत्कृष्ट पालिकाको रूपमा सम्मान गरेको हो । अपिहिमाल गाउँपालिकामा ‘अर्गानिक अपि’ (विषादीरहित कृषि उत्पादन प्रवद्र्धन) कार्यक्रम सञ्चालनमा रहेको छ । सोहि ‘अर्गानिक अपि’ कार्यक्रमअन्तर्गत खाद्य सुरक्षामा र स्वच्छ खानामा पहुँच पुगेकोले अपिहिमाल गाउँपालिका सम्मानित भएको गाउँपालिका अध्यक्ष

जेलबाट भागेका ‘कुख्यात’ कैदी कुँवर पक्राउ

दार्चुला : दार्चुला कारागारबाट भागेका कैदी उमेश सिंह कुँवर पक्राउ परेका छन् । गत भदौ २४ गते जेनजी आन्दोलनका क्रममा राति कारागारबाट भागेर फरार रहेका महाकाली नगरपालिका–१ का कुँवर मंगलवार राति पक्राउ परेका हुन् । २४ वर्षीय कुँवर जबरजस्ती करणी, कर्तव्य ज्यान र ज्यान मार्ने उद्योग मुद्धामा कारागारमा कैद भुक्तान गरिरहेका थिए । कुँवर फरार भएको २९ दिनपछि पक्राउ परेका हुन् । घरमा लुकेर बसेको भन्ने विशेष सूचनाका आधारमा जिल्ला

थालिगाड–निसिल सडकखण्डमा जीप दुर्घटना : एकको मृत्यु, १० घाइते

दार्चुला : दार्चुलाको थालिगाड निसिल सडक खण्डमा जीप दुर्घटना भएको छ । महाकाली नगरपालिका–९ सकारबाट वडा नम्बर ६ को निसिलतर्फ गइरहेको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जीप आइतवार दिउँसो ४ बजेतिर निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना हुँदा जीपमा सवार एकको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । मृतक २८ वर्षीय नरेश बहादुर पाल रहेका छन् । यस्तै घाइते हुनेमा वर्ष ४० को अम्मर सिंह धामी, वर्ष

ब्याँसका ‘लेखापाल’प्रति अनेक आरोप

दार्चुला : दार्चुलाको ब्याँस गाउँपालिकाका आर्थिक प्रशासन शाखा प्रमुख (लेखापाल) गोपाल सिंह विष्टप्रति अनेक आरोप लागेका छन् । ब्याँस गाउँपालिका उपाध्यक्ष बिनोद सिंह कुँवरले सामाजिक सञ्जाल फेसबुकमा लेखापालप्रति विभिन्न आरोप लगाएका हुन् । लेखापालले अफिसियल काम वा सल्लाहका लागि फोन गर्दा पनि न फोन उठाउने, न कल ब्याक गर्ने भन्ने पहिलो आरोप उपाध्यक्ष कुँवरको छ । फोन कल रिसिभ नगर्नेले सेवाग्राहीलाई कति दुःख दिएको होला भन्ने प्रश्न तेर्साइएको छ ।