विशेष

महाकाली नगरपालिकाका शिक्षकहरुका लागि संचालित तालिम सम्पन्न

दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका निम्ति महाकाली नगरपालिकाका शिक्षकहरुका लागि आयोजना गरिएको तालिम सम्पन्न भएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा सञ्चालित क्षमता विकास तालिमको सोमवार सम्पन्न गरिएको हो । महाकाली नगरपालिका अन्तर्गतका आधारभूत विद्यालय तहमा पढाउने शिक्षकहरुका लागि दुई चरणमा गरेर क्षमता विकास तालिम दिइएको सामुदायिक विकास केन्द्रका शिक्षा अधिकृत नरेश

भाडादर चर्को भएको भन्दै समायोजनका लागि अनेरास्ववियुको प्रशासनलाई ज्ञापन

दार्चुला : जिल्लाका विभिन्न रुटमा चल्ने सवारीसाधनहरुले यात्रुबाट चर्को भाडा लिइरहेको भन्दै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दार्चुलाले प्रशासनलाई ज्ञापन बुझाएको छ । सोमवार प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीलाई ध्यानार्षणसहितको ज्ञापन बुझाउँदै भाडादर समायोजनका लागि माग गरिएको अनेरास्ववियु दार्चुलाका अध्यक्ष नरेन्द्र प्रसाद जोशीले जानकारी दिए । मुख्यगरी पक्की सडकखण्ड दार्चुला–गोकुलेश्वर र गोकुलेश्वर–लटिनाथसम्मको भाडादर चर्को भएको अनेरास्ववियुले ज्ञापनमार्फत भनेको छ । छोटो दूरीमा सञ्चालित सवारीसाधनहरूले दार्चुला–देखि गोकुलेश्वरसम्म ५०० रुपैयाँ

दार्चुलाको व्याँस भ्याली होटलमा भारतीय नागरिक मृत फेला

दार्चुला : दार्चुलाको ब्यास भ्याली होटल एण्ड लजमा एक भारतीय नागरिक मृत फेला परेका छन् । शनिवार साँझ बास बस्न होटलमा आएका भारत पिथौरागढ जिल्ला ग्राम धूरा बलुवाकोट तहसील धारचूलाका अन्दाजी ३० वर्षीय कुन्दन सिंह रावत मृत फेला परेका हुन् । आइतवार बिहान ८ बजेतिर होटलमा रावत मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ घटनास्थलमा अहिले प्रहरी खटिएको छ । घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ

पूर्वमन्त्री बडूद्वारा महाकाली नदीको तटबन्धको निरीक्षण

दार्चुला : प्रतिनिधि सभा सदस्य एवं पूर्वमन्त्री दिलेन्द्र प्रसाद बडूले महाकाली तटबन्धको निरीक्षण गर्नुभएको छ । शुक्रवार पूर्वमन्त्री बडूले नेपाल–भारतको सीमा भएर बग्ने महाकाली नदीको महाकाली नगरपालिका वडा नम्बर १, ४ र ५ को क्षेत्रमा पर्ने तटबन्धको निरीक्षण गरेका हुन् । सीमा नदीले गरिरहेको कटान नियन्त्रण गर्न नयाँ तटबन्ध निर्माण, बनेको तटबन्ध संरचनाको मर्मतसम्भार, निर्माणाधिन कार्यको अनुगमन निरीक्षण गरिएको जिल्ला समन्वय समिति दार्चुलाका प्रमुख महादेव बडूले जानकारी दिए । यस्तै

दार्चुलाको सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु खारेज, टिंकरमा अध्यागमन खोलिने

दार्चुला : सरकारले दार्चुलाको सीमा प्रशासन कार्यालय खारेज गर्ने निर्णय गरेको छ । कात्तिक ८ गते बसेको मन्त्रिपरिषद् बैठकले सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु दार्चुला खारेज गर्ने निर्णय गरेको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत सञ्चालित सीमा प्रशासन कार्यालय व्याँस छाङ्गरु, दार्चुला खारेज गर्ने निर्णय भएको सरकारका प्रवत्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । सीमा प्रशासन कार्यालय व्याँस, छाङ्गरुका नामले खोलिएको कार्यालयको कामकाज

मनलाग्दी अन्तर्राष्ट्रिय सीमापुल बन्द गर्न पाईन्छ ?

दार्चुला : कात्तिक ५ गते सोमवार दार्चुलामा एक्कासी नेपाल–भारत जोड्ने खलंगा पुल बन्द भयो । जिल्ला सदरमुकाम खलंगाका व्यापारीहरुले उक्त अन्तर्राष्ट्रिय सीमा पुलमा ताल्चा लगाए । सधैजसो नियमित आवागमन भइरहेको यो पुलमा सोमवार मध्यान्ह १२ बजेको समयमा जम्मा भएका व्यापारीहरुले नेपालतर्फ पुलको ढोका बन्द गरी तालाबन्दी गरेका हुन् । पुलमा तालाबन्दी हुँदा आवागमन रोकियो र सयौँ मानिस वारीपारी अड्किए । पुलमा तालाबन्दी गर्नुको कारण थियो प्रहरीले व्यापारीका गोदाममा छापा हानी

रास्वपाको मोटरसाइकल र्‍याली बैतडी हुँदै दार्चुला, गोकुलेश्वरमा कोणसभा

दार्चुला : पार्टी सभापति रवि लामिछानेलाई पक्राउ गरेको विरोधमा राष्ट्रिय स्वतन्त्र पार्टी बैतडी र दार्चुलाले मोटरसाइकल र्‍याली निकालेको छ । बिहीवार दिउँसो बैतडीको पाटनबाट सुरु गरिएको विरोध र्‍याली सतबाँज, सिल्लेगडा– पञ्ज्युनयाँ हुँदै गोकुलेश्वरमा पुगेको छ । अप्राहन्न ५ बजे दार्चुलाको शैल्यशिखर नगरपालिका–९ स्थित गोकुलेश्वर पुगेको र्‍याली कोणसभामा परिणत भएको छ । कोणसभालाई रास्वपा सुदूरपश्चिम प्रदेशका संस्थापक महामन्त्री भोज राज जोशी (क्वालीटी) सम्बोधन गरेका छन् । उक्त विरोध र्‍यालीमा बैतडी र

विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइका लागि शिक्षकहरुलाई तालिम

दार्चुला : विद्यालयमा विद्यार्थीको सिकाइ आपूरण तथा द्रुत सिकाइ क्रियाकलाप सञ्चालनका लागि शिक्षकहरुलाई क्षमता अभिवृद्धि तालिम दिइएको छ । महाकाली नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटीको आर्थिक र प्राविधिक सहयोगमा शिक्षकहरुका लागि २ दिने क्षमता अभिवृद्धि तालिम सञ्चालन गरिएको हो । तालिमको बुधवार एक कार्यक्रमका बीच महाकाली नगरपालिकाका उपप्रमुख दुर्गा कुमारी खत्री विष्टले उद्घाटन गर्नुभएको थियो । दुई दिनसम्म चलेको तालिममा आधारभूत तहमा सिकाइ

दार्चुलामा भन्सार छलीको समान बरामद

दार्चुला : दार्चुलामा प्रहरीले भन्सार छलीको समान बरामद गरेको छ । जिल्लाको महाकाली नगरपालिका–४ रिङनतालबाट बेवारिसे अवस्थामा रहेको भन्सार छलीको समान बिहीवार बरामद गरेको हो । बेवारिसे अवस्थामा रहेको ४८ हजार ६ सय मूल्य बराबरको अवैध कुबिन्डे मिठाई बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक कान्ति राज जोशीले जानकारी दिए । उनका अनुसार २७ पेटी अर्थात २ सय ४३ किलोग्राम कुबिन्डे बरामद गरिएको हो । उक्त

दार्चुलाको घरेलु र सिँचाई कार्यालयका प्रमुखको सरुवा

दार्चुला : घरेलु तथा साना उद्योग कार्यालय दार्चुला र जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय दार्चुलाका कार्यालय प्रमुखको सरुवा भएको छ । बुधवार सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको प्रमुख सचिवस्तरीय निर्णयबाट उनीहरुको सरुवा भएको हो । घरेलु तथा साना उद्योग कार्यालय दार्चुलाका प्रमुख गंगा कुमारी मगरको डिभिजन वन कार्यालय दार्चुला सरुवा भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेश धनगढी कैलालीकी मगर घरेलु कार्यालय दार्चुलामा कामकाजमा रहेकी थिइन्