विशेष

सन्दीप नेपालमै, क्यान पदाधिकारी श्रीमतीसहित अमेरिका उडे

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का पदाधिकारी परिवारसहित आइसीसी विश्वकप क्रिकेट हेर्न अमेरिका प्रस्थान गरेका छन्। क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द र कोषाध्यक्ष पदम खड्का श्रीमतीसहित अमेरिका उडिसकेका छन्। उनीहरु मंगलबार अमेरिका प्रस्थान गरेका हुन्। अध्यक्ष चन्द त आइसीसीले प्रदान गरेको खेलाडी र अफिसियलको २५ जनाको कोटामा समेत समावेश छन्। विश्वकप खेल्ने टिमका लागि आइसीसीले २५ जनाको खर्च र भत्ताको व्यवस्था गर्ने गर्छ। जसले गर्दा उनीहरु बिजनेस क्लासमा यात्रा गर्छन्

सगरमाथामा तेञ्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पाइला टेकेको सात दशक पूरा

काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ। ७१ वर्षअघि सगरमाथाको शिखरमा मानवले पाइला टेकेको सम्झनामा आज ( मे २९) को दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। मानव र सगरमाथा बिचको सामिप्य बुझाउन यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नारा तय गरी सगरमाथा दिवस मनाउन लागेको हो। नेपाल सरकारले सन् २००८ देखि मे २९ तारिखमा अन्तर्राष्ट्रिय रुपमै दिवसका रुपमा मनाउन निर्णय गरेको थियो। पर्वतीय पर्यटनको

दुई करोड ठगेको भन्दै तरुण दल लमजुङका अध्यक्षविरूद्ध पक्राउ पुर्जी

काठमाडौं । प्रहरीले नेपाल तरुण दल लमजुङका अध्यक्ष ललितकुमार गुरुङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ। गुरुङले काठमाडौँस्थित एउटा आइटी कम्पनीलाई आफ्नो जग्गा बिक्री गर्छु भनी दुई करोड रुपैयाँ बैना लिइ उक्त जग्गा अर्कैलाई बिक्री गरेको भन्दै उनीविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ पुर्जी जारी गरेको हो। प्रहरीका अनुसार जेनेस सलुशन नामक कम्पनीले आफ्नो कार्यालय भवन निर्माणका लागि भन्दै पोखरा महानगरपालिका–१२ स्थित झन्डै १३ आना जग्गा खरिद गर्न गुरुङलाई दुई करोड

दार्चुला : शिक्षक–विद्यार्थी लेकतिर, विद्यालय बन्द

दार्चुला । यार्सा संकलन गर्न शिक्षक–विद्यार्थी लेकतिर गएपछि अपीहिमाल गाउँपालिकाका विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाभरिका शिक्षक, अभिभावक र विद्यार्थी यार्सागुम्बा संकलनका लागि लेक उक्लिएपछि कक्षा सञ्चालन गर्ने अवस्था नहुँदा विद्यालय बन्द भएका हुन्। यार्सा संकलनको सिजन सुरु भएकाले जेठको सुरुआतदेखि तेस्रो सातासम्म पालिकाभरिका विद्यालय बन्द गरिन लागेको अपीहिमाल गाउँपालिकाका शिक्षा शाखा अधिकृत वीरेन्द्रसिह साउँदले बताए। अभिभावक, शिक्षक र विद्यार्थी सबैजसो विद्यालय छोडेर जडीबुटी संकलनका लागि लेकतिर जाने भएकाले कम्तीमा दुई

‘सडेगलेको व्यवस्था स्वीकार्ने की बदल्न अगाडि बढ्ने?’

काठमाडौं । जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त (सीके) राउतले वर्तमान व्यवस्था सडेगलेको व्यवस्था भइसकेको भन्दै स्वीकार गर्न नसकिने टिप्पणी गरेका छन्। जनमत पार्टीको आह्वानमा मंगलबार आयोजित ‘नौलो गणतन्त्र आन्दोलन उद्घोष’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले वर्तमान व्यवस्था, राजनीतिक दल र सरकारबाट अपेक्षित काम नभएको उल्लेख गर्दै आफूहरु चुप लागेर नबस्ने बताएका हुन्। उनले भने, ‘या त यही व्यवस्थामा बाँच्न सिक्नुप¥यो कि त यो व्यवस्था बदल्नका लागि तयार रहनुपर्यो। कि सडेगलेको व्यवस्था स्वीकार्नु

भारतीय क्रिकेट टिमको प्रशिक्षकका लागि प्रधानमन्त्री मोदीदेखि धोनीसम्मको आवेदन !

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले भारतीय टोलीको मुख्य प्रशिक्षक पदका गरेको आव्हानमा प्रधानमन्त्री नरेन्द्र मोदी, पूर्व भारतीय ब्याट्सम्यान सचिन तेन्दुलकर र पूर्व कप्तान महेन्द्र सिंह धोनीसहितको आवेदन परेको रोचक तथ्यको खुलासा भएको छ। मे २७ सम्म आवेदन माग गरिएकोमा अनलाइनबाट भरिएको आवेदनमा प्रधानमन्त्री मोदीदेखि पुर्व कप्तान धोनीसम्मको आवेदन परेको इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ। मिडिया रिपोर्टका अनुसार यी सबै आवेदन भने नक्कली भएको बताइएको छ। ३००० भन्दा

बजेटका पाँच उद्देश्य र प्राथमिकता के के छन् ?

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कूल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका छन् । मंगलबार अर्थमन्त्री पुनले संसदमा बजेट सार्बजनिक गर्दै कुल १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्बजनिक गरेका हुन् । गत बर्ष १७ खर्ब ९३ अर्ब ८३ करोडको बजेट आएको थियो । अर्थमन्त्री पुनका अनुसार कूल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात ६१.३१ प्रतिशत रहेको छ भने पुँजीगततर्फ ३ खर्ब ५२

दार्चुलाका डाक्टर अवस्थी गोकुले जाँदै गर्दा घाइते

दार्चुला । दार्चुला जिल्ला अस्पतालमा कार्यरत डाक्टर राजेश अवस्थी घाइते भएका छन्। उनी शुक्रबार दार्चुलाबाट गोकुलेश्वर जाने क्रममा सडकमाथिबाट आएको ढुङ्गा लागेर घाइते भएका हुन्। मालिकार्जुन गाउँपालिका–८ मा गोकुलेश्वरतर्फ औषधी बोकेर जाँदै गर्दा सडकमाथिबाट आएको ढुङ्गा लागेर गाडीमा सवार रहेका डाक्टर अवस्थी घाइते भएको प्रहरीले जनाएको छ। उनको घाँटीमा चोट लागेको र थप उपचारकालागि डडेल्धुरा पुगाइएको प्रहरी बताएको छ।

अभ्यास खेलमा नेपालको सुखद सुरुवात, हुरीकेन्स ६ रनले पराजित

काठमाडौं । विश्वकपका लागि अमेरिकामा रहेको नेपाली टिमले पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्सलाई पराजित गरेको छ।प्रेरी भ्यू क्रिकेट कम्प्लेक्समा शुक्रबार राति सम्पन्न खेलमा नेपालले हुरीकेन्सलाई ६ रनले पराजित गरेको हो। नेपालले दिएको १४७ रनको लक्ष्य पछ्याएको हुरीकेन्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रनमा समेटियो। हुरीकेन्सका लागि लाहिरु मिलान्थाले सर्वाधिक ३३ रन बनाए भने अली शेख २३ रनको योगदान गरे। नेपालका सोमपाल कामीले ४ ओभरमा ३३ रन खर्चेर २

चराको प्वाँख २८ हजार डलरमा बिक्यो

काठमाडौं । न्यूजिल्याण्डको लोप भैसकेको हुइया चराको प्वाँख २८ हजार ४१७ डलरमा लिलामी भएको छ। लिलामी गर्ने कम्पनीले ३ हजार डलरसम्म पुग्ने अपेक्षा गरेको तर यो प्वाँखको लिलामीले पुरानो रेकर्ड ध्वस्त भएको बताएको छ। यो चरा न्युजिल्याण्डको माओरी जनजातिका लागि धेरै पवित्र मानिन्थ्यो। यी मानिसहरू आफ्नो पगडीमा यो चराको प्वाँख लगाउने गर्थे वा यो प्वाँखलाई उपहारको रूपमा पनि प्रयोग गरिन्थ्यो। न्यूजिल्याण्डको संग्रहालयका अनुसार यो चरा अन्तिम पटक सन् १९०७ मा