कात्तिक ४ गतेदेखि माओवादी गाउँ केन्द्रीत हुने, जनतासँग पनि भेटघाट गर्ने
दार्चुला : नेकपा माओवादी केन्द्र दार्चुला कात्तिक ४ गतेदेखि गाउँ केन्द्रीत हुने भएको छ । बुधवार नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति दार्चुलाले पत्रकार सम्मेलन गर्दै कात्तिक ४ गतेदेखि कात्तिक १३ गतेसम्म पालिका केन्द्रीत हुने जनाएको हो । १० दिने अभियान सञ्चालन गरेर दशैँ, तिहारको शुभकामना आदानप्रदान गर्ने र पालिका बैठकहरु गर्ने माओवादी केन्द्रले बताएको छ । जिल्ला सदरमुकाम खलंगामा असोज २९ र ३० गते दुई दिन चलेको जिल्ला समन्वय










