दुहुँ र व्याँस गाउँपालिकामा प्रजनन स्वास्थ्य शिविर संचालन हुने
दार्चुला : दार्चुलाको दुहुँ गाउँपालिका र व्याँस गाउँपालिकामा प्रजनन स्वास्थ्य सम्बन्धी शिविर संचालन हुने भएको छ । स्वास्थ्य कार्यालय दार्चुलाको आयोजना र सम्बन्धित स्थानीय तहको समन्वयमा शिविर संचालन हुन लागेको हो । दुहुँ गाउँपालिकामा जेठ १९ गते र व्याँस गाउँपालिकामा जेठ २० गते निशुल्क प्रजनन स्वास्थ्य शिविर संचालन हुने स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दुहुँ गाउँपालिकाको वडा नम्बर ४ स्थित धारी स्वास्थ्य चौकी र व्याँस गाउँपालिकाको वडा नम्बर ६