`विपद् व्यवस्थापनमा सक्रिय हुन निर्देशन´
दार्चुला : जिल्ला विपद् व्यवस्थापन समिति दार्चुलाको बैठक सम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारी एवं जिल्ला विपद् व्यवस्थापन समिति संयोजक यज्ञराज जोशीको अध्यक्षतामा मंगलवार बैठक बसेको हो । मनसुनजन्य वर्षातका कारण बाढी, पहिरो लगायतका घटनाबाट हालसम्म भएको क्षतिका सम्बन्धमा छलफल गर्न र थप क्षति हुन नदिनका लागि सरोकारवाला निकायहरुको उपस्थितिमा बैठक बसेको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ । चालू आर्थिक वर्ष २०८१/०८२ का लागि जिल्ला विपद् पूर्व तयारी