दार्चुला–टिंकर सडकमा बजेट नछुट्याएको भन्दै सांसद बडूको रोष्टममा मौन धारण
दार्चुला : नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिनिधि सभाको सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको दार्चुला–टिंकर सडकलाई उपेक्षा गर्दै बजेट नछुट्याएको भन्दै एक मिनेट मौन धारण गरेका हुन् । दार्चुलाको रणनीतिक महत्वको सडकलाई विस्तार गर्न र प्रयाप्त बजेट विनियोजन गर्न पटकपटक बोल्दा र भेट्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बजेट नछुट्याएको भन्दै एक मिनेट मौनधारण गर्ने सांसद बडूले बताएका थिए ।