विशेष

बाख्रा चराउन गएका रामशरणको भीरबाट लडेर मृत्यु

दार्चुला : दार्चुलाको व्याँस गाउँपालिकामा एक जनाको भीरबाट लडेर मृत्यु भएको छ । व्याँस गाउँपालिका वडा नम्बर २ तल्लो दुम्लिङ बस्ने रामशरण साही बिहारीको मृत्यु भएको हो । रामशरणको व्याँस गाउँपालिका वडा नम्बर २ स्थित दुदिवन क्षेत्रमा भेडाबाख्रा चराउन गएका बेला भीरबाट लडेर मृत्यु भएको बताइएको छ । उनको शव स्थानीयले आइतबार मात्रै देखेका हुन् ।

एसइईमा दार्चुलाबाट १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण

दार्चुला : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाबाट यसवर्ष १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा भएको यस वर्षको परीक्षामा दार्चुलाबाट दुई हजार ५ सय ९५ जना परीक्षार्थी सहभागी भएकोमा १९ दशमलव ९६ प्रतिशत उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । एसईई परीक्षाका लागि २ हजार ७ सय ५० जनाले फाराम भरेकोमा २ हजार ५ सय ९५ विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका

भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह

दार्चुला : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ गतेसम्म खोल्ने जानकारी दिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने हुदाँ सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्याँस गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका

दार्चुलामा शिकार खेल्न गएका शिकारीको गोली लागेर एकको मृत्यु

दार्चुला : दार्चुलामा शिकार खेल्न गएका शिकारीको गोली लागेर एक जनाको मृत्यु भएको छ । नौगाड गाउँपालिका–१ लक्सेरी नागु बस्ने अन्दाजी ५५ वर्षीय धङ्के डडालको भरुवा बन्दुकको गोली लागेर मृत्यु भएको हो ।जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार शनिवार बिहान १० बजेतिर नौगाड गाउँपालिका–१ लक्सेरीका ५३ वर्षीय जय सिंह डडालले मल्लासेली भन्ने वनमा शिकार खेल्ने क्रममा बन्दुक चलाउँदा धङ्केको गोली लागी मृत्यु भएको हो ।धङ्केको टाउँकोमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको

भत्ता नपाइने भन्ने हल्लाले राष्ट्रिय परिचयपत्र बनाउनेको भीड, जेष्ठ नागरिकलाई सास्ती

दार्चुला : राष्ट्रिय परिचय पत्र नबनाए आगामी आर्थिक वर्षदेखि सामाजिक सुरक्षा भत्ता नपाईने भन्ने हल्लाले यतिबेला जिल्ला प्रशासन कार्यालय दार्चुलामा राष्ट्रिय परिचय पत्र बनाउनेको भीड थेगी नसक्नु छ । बिगत दुई हप्ता बढी समयदेखि सयौँको संख्यामा जेष्ठ नागरिकहरुको प्रशासनमा भीड लाग्ने गरेको छ ।राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले पहिलो चरणमा २८ वटा जिल्लामा आगामी साउनदेखि सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ ।पहिलो चरणमा दार्चुला जिल्ला नपरे

दार्चुला केन्द्रबिन्दु भएर आयो ३.४ म्याग्निच्युडको भूकम्प

दार्चुला । दार्चुलामा भूकम्प गएको छ। आज बिहान ५:५० मा जिल्लाको धारी क्षेत्रलाई केन्द्र बनाएर भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो। भूकम्पको धक्का आसपासका जिल्लामा पनि महशुस गरिएको थियो। पश्चिमका विभिन्न स्थानलाई केन्द्रबिन्दु बनाएर बेला बेला भूकम्प जाने गरेको छ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई अभिमुखीकरण

दार्चुला : नेकपा एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरिएको छ । बुधवार नेकपा एमाले स्थानीय विकास विभाग दार्चुलाको आयोजनामा स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिहरुका लागि जिल्ला स्तरीय अभिमुखीकरण कार्यक्रम संचालन गरिएको हो ।स्थानीय तहहरुले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिरहेका बेला एमालेले स्थानीय जनप्रतिनिधिहरुलाई अभिमुखीकरण गरेको नेकपा एमाले जिल्ला कमिटि दार्चुलाका सचिव उमेश राज जोशीले जानकारी दिए । स्थानीय तहले ल्याउने बजेटलाई जनमुखी एवं पारदर्शी बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई

दार्चुला–टिंकर सडकमा बजेट नछुट्याएको भन्दै सांसद बडूको रोष्टममा मौन धारण

दार्चुला : नेपाली काँग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले प्रतिनिधि सभाको सदनको रोष्ट्रममै मौनधारण गरेका छन् । सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको दार्चुला–टिंकर सडकलाई उपेक्षा गर्दै बजेट नछुट्याएको भन्दै एक मिनेट मौन धारण गरेका हुन् । दार्चुलाको रणनीतिक महत्वको सडकलाई विस्तार गर्न र प्रयाप्त बजेट विनियोजन गर्न पटकपटक बोल्दा र भेट्दा पनि भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बजेट नछुट्याएको भन्दै एक मिनेट मौनधारण गर्ने सांसद बडूले बताएका थिए ।

दार्चुलाका भरतले पारा ओलम्पिक खेल्ने

दार्चुला : नेपाली पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारा ओलम्पिक-२०२४ मा प्रतिस्पर्धा गर्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटामार्फत पेरिस पारा ओलम्पिकका लागि छनौट भएका नेपाल तेक्वान्दो संघले जनाएको छ। भरतले पारा ओलम्पिकमा के–४४ क्याटागोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्नेछन्। पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौल समूहमा १२ खेलाडी रहनेछन्। छनौट हुने भरत अन्तिम खेलाडी हुन्। वरीयताका आधारमा ६ खेलाडी

दार्चुला भन्सारद्वारा ११ महिनामै वार्षिक लक्ष्यभन्दा बढी राजस्व संकलन

दार्चुला : दार्चुला भन्सार कार्यालयले ११ महिनामै वार्षिक राजस्व संकलनको लक्ष्य भेटाएको छ । चालू आर्थिक वर्षको एक महिना बाँकी छँदै कार्यालयले वार्षिक लक्ष्य भन्दा बढी राजस्व संकलन गरेको हो । दार्चुला भन्सार कार्यालयका प्रमुख शिवचन्द्र प्रसादका अनुसार चालू आर्थिक वर्षको ११ महिनामा ५४ लाख ९ हजार ७३५ रुपैयाँ राजस्व संकलन गरिएको छ । चालू आर्थिक वर्ष २०८०÷०८१ मा ५० लाख ७० हजार राजस्व संकलनको लक्ष्य रहेकोमा लक्ष्यभन्दा ३ लाख