दार्चुलाका डिएसपी सिंहको सरुवा, दाहाल आउने
दार्चुला : दार्चुलाका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक (डिएसपी) शिव बहादुर सिंहको सरुवा भएको छ । प्रहरी प्रधान कार्यालय नक्सालले मंगलवार दार्चुलाका डिएसपी सिंहसहित १ सय ४३ जना डिएसपीहरुको सरुवा गरेको हो । प्रहरी नायव उपरीक्षक सिंहले गत वर्ष भदौ महिनामा दार्चुला प्रहरी प्रमुखको कमाण्ड सम्हालेका थिए । उनको नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल नक्साल, काठमाडौँ सरुवा भएको हो । उनको ठाउँमा नेपाल प्रहरी प्रदेश कार्यालय मानवस्रोत व्यवस्थापन शाखा बनेपा,










