भारतको धौलीगंगा बाँध खोलिदै, सतर्क रहन आग्रह
दार्चुला : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगंगा जलविद्युत परियोजनाको बाँध खोलिने भएको छ । एनएचपिसी लिमिटेड, धौलीगंगा पावरस्टेसन, धारचुलाले पत्राचार गर्दै असार १५ गते बिहान ६ बजेदेखि असार १६ गतेसम्म खोल्ने जानकारी दिएको हो । बाँध खोलेपश्चात महाकाली नदीमा जलस्तर बढ्ने भएकाले तटीय क्षेत्रमा जोखिम हुने हुदाँ सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दार्चुलाले अनुरोध गरेको छ । महाकालीको तटीय क्षेत्र पर्ने दार्चुलाको व्याँस गाउँपालिकाको धौलाकोटदेखि लेकम गाउँपालिकाको लालीसम्मका