सुदूरका पहाडमा पहिरोको वितण्डा, सडक अवरुद्ध
दार्चुला । गत बिहीबारदेखि लगातार भइरहेको बर्षाका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा पहिरोले वितण्डा मच्चाएको छ। पहिरोका कारण सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरु जोड्ने सडक र राजमार्गहरु अवरुद्ध भएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय अत्तरियाका अनुसार बझाङको तमेलमा पहिरो गएको छ। जयपृथ्वी राजमार्गको तमेलमा पहिरोका कारण अवरुद्ध भएको हो। दार्चुलाको शैल्यशिखर नगरपालिका–६ पनेबाँजमा पहिरो गएको छ। खोड्पे–दार्चुला मुख्य सडकपनि पहिरोले अवरुद्ध पारेको हो। बैतडीकै पाटन नगरपालिकाको साँणीघाँटीमा पनि जयपृथ्वी राजमार्ग बन्द










