विशेष

शैल्यशिखरमा दरबन्दी भन्दा बढी कर्मचारी, करारको पनि महंगी र स्थानीय भत्ता

दार्चुला : शैल्यशिखर नगरपालिकामा दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको छ । आर्थिक वर्ष  २०८०/८१ को महालेखापरीक्षण प्रतिवेदन अनुसार नगरपालिकाले स्वीकृत दरबन्दी भन्दा बढी कर्मचारी भर्ना गरेको पाइएको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४  ले स्थानीय तहले स्थायी प्रकृतिको कामको लागि आवश्यक पर्ने तथा सेवा करारमा लिने कर्मचारीका लागि लाग्ने खर्च व्यहोर्ने स्रोतसमेत विश्लेषण गरी दरबन्दी प्रस्ताव गर्नुपर्ने र यस्तो दरबन्दीको व्यवस्थापन सर्वेक्षण गरी सभाबाट स्वीकृत गराउनुपर्ने व्यवस्था

जग खस्कन लागेको पुलको सुरक्षानिकायले गरे तटबन्धन

दार्चुला : लास्कुखोलामा रहेको अस्थायी फलामे पुलको जग भासिँन थालेपछि दार्चुलास्थित सुरक्षा निकायले तारजाली भरेका छन् । महाकाली नगरपालिका वडा नम्बर ४ र वडा नम्बर १ जोड्ने फलामे पुलको दुबै पट्टी ग्याल्भिन तारजाली भरिएको हो ।खोला कटानले जोखिममा रहेको पुलको संरक्षणका लागि तारजाली लगाएर तटबन्धन गरिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए । प्रमुख जिल्ला अधिकारी पौडेलको नेतृत्वमा खटि गएको सुरक्षा निकायको टोलीले त्यहाँ तटबन्धन गरेको हो ।

दार्चुलामा तुइनबाट खसेर एक जना महाकालीमा बेपत्ता

दार्चुला : दार्चुलामा तुइनबाट खसेर एक जना बेपत्ता भएका छन् । जिल्लाको व्याँस गाउँपालिका-२ दुम्लिङका २८ वर्षीय नारायण बुढाथोकी तुइनबाट महाकाली नदीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी छत्र बहादुर रावतले जानकारी दिए । आज मध्यान्ह १२ बजेको समयमा बुढाथोकी दुम्लिङबाट पारी भारतीय बजार जाने क्रममा तुइन चुडिएर नदीमा खसेको उनले बताए । घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेपत्ता बुढाथोकीको खोजीमा प्रहरी, सशस्त्र

अपीनाम्पा संरक्षण क्षेत्रले मनायो पन्ध्रौ स्थापना दिवस

दार्चुला : अपीनाम्पा संरक्षण क्षेत्र दार्चुलाले १५ औं स्थापना दिवस मनाएको छ । ‘पर्यटन विकास र जैविक विविधता संरक्षणका लागि जनसहभागिता’ भन्ने नाराका साथ विविध कार्यक्रम गरी स्थापना दिवस मनाइएको अपीनाम्पा संरक्षण क्षेत्र कार्यालय दार्चुलाका प्रमुख बिनय कुमार झाले जानकारी दिए । वि.सं. २०६६ साल असार २८ गते साविकका २१ गाविस समेटेर अपीनाम्पा संरक्षण क्षेत्र स्थापना गरिएको थियो । संरक्षण क्षेत्रले स्थापनाका १५ वर्ष पार गरेको छ । स्थापना दिवसको

सेवा प्रवाहबारे प्रशासन कार्यालयको सार्वजनिक सुनुवाई

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलाले सेवा प्रवाह बारे सार्वजनिक सुनुवाई गरेको छ । कार्यालयले गर्ने सेवा प्रवाह, जिल्लाको शान्ति सुरक्षा र सेवालाई थप प्रभावकारी बनाउन सुझाव संकलनका लागि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको हो । शुक्रवार आयोजना गरिएको सार्वजनिक सुनुवाई कार्यक्रममा कार्यालयका सूचना अधिकारी एवं सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले कार्यालयबाट प्रवाह हुने सेवाहरु, बजार अनुगमन, विपद् प्रतिकार्य योजना, स्थानीय तहहरुसँगको समन्वय बारे जानकारी गराएका थिए । उनका

भीरबाट लडेर महिलाको मृत्यु

दार्चुला : दार्चुलामा भीरबाट लडेर एक महिलाको मृत्युु भएको छ । जिल्लाको महाकाली नगरपालिका-५ नमस्कार बस्ने अन्दाजी ३३ वर्षिया मानमती देवि बडूको सोही वडाको ठड्याभीरमा घाँस काट्ने क्रममा लडेर मृत्युु भएको हो । शुक्रवार बिहान साढे ११ बजेको समयमा भीरबाट लडेर बडूको घटनास्थलमै मृत्युु भएको बताइएको छ । घटनास्थलबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्दार गरेका थिए ।

निमित्तको भरमा चलेका दुहुँ र लेकममा प्रमुख प्रशासकीय अधिकृत आउँदै

दार्चुला : सरकारले दार्चुलाको दुहुँ गाउँपालिका र लेकम गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ । बुधवार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निमित्तका भरमा चलिरहेका जिल्लाका दुई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतलाई खटाएको हो । दार्चुलासहित अन्य जिल्लाका स्थानीय तहमा ६९ जना र ४५ जनालाई गृह मन्त्रालयमा खटाइएको छ । दुहुँ गाउँपालिकामा शाखा अधिकृत दिनेश जोशीलाई पठाइएको छ भने लेकम गाउँपालिकामा दीपक राज जोशीलाई पठाइएको छ । हालसम्म दुहुँ गाउँपालिकामा

जीवितलाई ‘मृत्यु’ भइसकेको भन्दै खाता नवीकरणका लागि नगरपालिकाबाट बैंकलाई पत्र

दार्चुला : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कृषक समूहका सचिव र कोषाध्यक्षको मृत्यु भइसकेको भन्दै बैंकलाई पत्र लेखिएको छ । शैल्यशिखर नगरपालिका–६ स्थित श्री मालिकार्जुन अगुवा कृषक समूहका अध्यक्ष जनक सिंह धामीले सोही समूहका सचिव मन्जु धामी र कोषाध्यक्ष जानकी धामीको मृत्यु भइसकेको भन्दै नगरपालिकाको कृषि शाखालाई पत्र पठाएका हुन् । कृषि शाखा प्रमुख, कृषि प्राविधिक दीपक राज विष्टको हस्ताक्षरसहित ग्लोबल आइएमई बैंक शाखा गोकुलेश्वरलाई नविकरणका लागि पत्राचार गरेको भेटिएको छ ।

दार्चुला पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

दार्चुला : दार्चुलालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । खोप उमेर समूहका सबै बालबालिकाले सम्पूर्ण खोपको मात्रा पूरा गरेको सुनिश्चित भएपछि दार्चुलालाई बुधवार एक कार्यक्रमका बीच पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।   जिल्लाका ९ वटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिसकेपछि जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र प्रसाद भट्टले जानकारी

विपद् जोखिममा सावधानी अपनाउन नौगाड गाउँपालिकाको अपिल

दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले विपद् जोखिममा सावधानी अपनाउन गाउँपालिकाबासीमा अपिल गरेको छ । गाउँपालिकाले एक विज्ञप्ती जारी गर्दै मनसूनजन्य विपद्‌को दृष्टिकोणले नौगाड गाउँपालिका जोखिममा रहेकाले सावधानी अपनाउन अपिल गरेको हो । मनसूनी वर्षाको समय खासगरी असार, साउन र भदौ महिनासम्म जोखिमयुक्त ठाउँमा बास नबस्न, वनपाखा, घाँसपात र अन्य काममा जाँदा सावधानी अपनाउन तथा सुरक्षित स्थानमा बसाई सार्न अनुरोध गरिएको छ । नौगाड गाउँपालिका अध्यक्ष दलजीत सिंह धामीले विपद् उद्धार