विशेष

विजयालाई नेविसंघ ‘डीएमसी’ इकाई अध्यक्षको जिम्मेवारी, बनिन् पहिलो महिला अध्यक्ष

दार्चुला : नेपाल विद्यार्थी संघ दार्चुला बहुमुखी क्याम्पस इकाई समिति अध्यक्षको जिम्मेवारी विजया जोशीलाई दिइएको छ । आइतवार नेपाल विद्यार्थी संघ दार्चुलाका अध्यक्ष रमेश भट्टले जोशीलाई दार्चुला बहुमुखी क्याम्पस इकाई अध्यक्षको जिम्मेवारी दिएका हुन् । क्याम्पस इकाई अध्यक्ष प्रकाश बडू स्ववियु अध्यक्षमा निर्वाचित भएपछि जोशीलाई नेविसंघ दार्चुला बहुमुखी क्याम्पसको इकाई अध्यक्षको जिम्मेवारी दिइएको नेविसंघ दार्चुलाले जनाएको छ । जोशी दार्चुला बहुमुखी क्याम्पस इकाई समिति अध्यक्ष बन्नेमा पहिलो महिला हुनुहुन्छ ।

महिला कृषकहरुलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम

दार्चुला : दार्चुलाका कृषक महिलाहरूलाई प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम दिइएको छ । राष्ट्रिय महिला किसान महासंघ दार्चुला शाखा र सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्र महाकाली नगरपालिका-८ काँकडाको संयुक्त आयोजनामा प्राङगारिक खेती प्रणाली र माटो परिक्षण सम्बन्धी तालिम संचालन गरिएको हो ।सगरमाथा महिला आर्थिक सशक्तीकरण केन्द्रका महिला कृषकहरु आर्थिक उपार्जन, कृषि खेती र जीविकोपार्जनका क्षेत्रमा सक्रिय भएर काम गरिरहेका छन् । शनिवार राष्ट्रिय महिला किसान महासंघ केन्द्रीय

माओवादी सुदूरपश्चिम संसदीय दलको नेतामा खगराज भट्ट चयन

दार्चुला : नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संसदीय दलको नेतामा खगराज भट्ट चयन हुनुभएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहालसहित पार्टीका अन्य नेताको उपस्थितिमा बिहिवार राति डडेल्धुरामा बसेको संसदीय दलको बैठकले भट्टलाई दलको नेता चयन गरेको हो । यसअघि, बहुमतका आधारमा दलका नेताबाट हटाइएका भट्टलाई पुनः नेता चयन गर्न माओवादी पार्टी र अध्यक्ष प्रचण्डले संसदीय दललाई लिखित, मौखिक निर्देशन दिदैं आएको भए पनि कार्यान्वयन भएको थिएन् ।  २०८० माघ १२ गते

जिल्ला प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना

दार्चुला : जिल्ला प्रशासन कार्यालय दार्चुलामा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको छ । जिल्ला हुलाक कार्यालय दार्चुलाको समन्वयमा प्रशासनमा हुलाक टिकट विक्री काउन्टर स्थापना गरिएको हो । जिल्ला हुलाक कार्यालयबाट बिक्री वितरण हुँदै आएको हुलाक टिकट सेवाग्राहीको सहजताका लागि जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा सेवा लिन आउने सेवाग्राहीले हुलाक टिकटका लागि हुलाक कार्यालयसम्म जानुपर्ने बाध्यता रहेकाले प्रशासनमै

दार्चुलामा सबैभन्दा कम बेरुजु अपिहिमालमा, ब्याँसमा धेरै

दार्चुला :  महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनअनुसार दार्चुला जिल्लाका स्थानीय तहहरुमध्ये बढी बेरुजुमा ब्याँस गाउँपालिका परेको छ । ब्याँस गाउँपालिकाले कुल खर्चको ३.८८ प्रतिशत रकम बेरुजु गरेको छ। त्यसपछि दोस्रो धेरै बेरुजु गर्ने पालिकामा शैल्यशिखर नगरपालिका  रहेको छ। शैल्यशिखर नगरपालिकामा ३.५७ प्रतिशत बेरुजु देखिएको छ। यस्तै महाकाली नगरपालिकामा भने १.२८ प्रतिशत बेरुजु देखिएको महालेखाको ६२औँ प्रतिवेदनमा उल्लेख छ । सबैभन्दा कम बेरुजु अपिहिमाल गाउँपालिकामा देखिएको छ । त्यहाँ ०.३८ प्रतिशत

विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं : प्रतिनिधिसभाको बैठक बस्दैछ। जसअनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछन । आजको बैठकमा आगामी आर्थिक बर्ष २०८२/८३ का लागि बिनियोजन बिधेयकका सिद्दान्त र प्राथमिकताका सबन्धमा (कर प्रस्ताव बाहेक) सभामा छलफल हुनेछ ।

सिनियर अहेव जोशीद्धारा महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन भत्ता

दार्चुला : महाकाली नगरपालिका–९ स्थित दत्तुु स्वास्थ्य चौकीमा कार्यरत सिनियर अहेव हरिकृष्ण जोशीले महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका छन् । शैल्यशिखर नगरपालिका–७ देबथली घर भएका जोशीले आफ्नो व्यक्तिगत खर्चबाट स्वास्थ्य चौकी दत्तुमा कार्यरत ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता वितरण गरेका हुन् । आइतवार महिला स्वयंसेविकाहरुको मासिक बैठकमा १ सय रुपैयाँका दरले ९ जना महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई प्रोत्साहन भत्ता सहयोग गरिएको सिनियर अहेव जोशीले बताउनुभयो । बैशाख

आजको मौसम : पहाडी भू–भागमा आंशिक बदली हुने

काठमाडौँ : हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसका साथै बङ्गालको खाडी र अरब सागरबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा सफादेखि आंशिक बदली रहने छ । कोशीलगायत गण्डकी प्रदेशका पहाडी भागका केही स्थानमा र बाँकी पहाडी भागका एकदुई स्थानमा मेघगर्जन र

दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव

दार्चुला : दार्चुला अस्पतालमा रेबिजविरुद्धको खोप अभाव भएको छ । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले जिल्ला अस्पताललाई खोप उपलब्ध गराउन नसक्दा खोप अभाव भएको हो । जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको जिल्ला अस्पताल दार्चुलाका सूचना अधिकारी डम्बर दत्त भट्टले जानकारी दिनुभयो । सरकारले निःशुल्क उपलब्ध गराउँदै आइरहेको खोप अभाव हुँदा बिरामी खोप नलगाई फर्कन बाध्य छन् । विगत एक हप्तादेखि अस्पतालमा रेविजविरुद्धको खोप

सरकारले केही दिनभित्रै गभर्नर नियुक्ति गर्छ : प्रमुख सचेतक बतौला

काठमाडौं : नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले सरकारले केही दिनभित्रै नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने बताउनुभएको छ । शुक्रवार संसद भवन परिसरमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख सचेतक बर्तौलाले गभर्नर नियुक्तिका लागि छलफलले केही समय लिएको बताउनुभयो । उहाँले दलहरुबीच गभर्नर नियुक्तिको विषयमा कुनै असमझदारी नभएको बताउनुभयो । गभर्नर नियुक्तिको छलफल नियमित प्रक्रियाबाट नै अगाडि बढेको उहाँको भनाइ छ । प्रमुख सचेतक बर्तौलाले केही कानूनी विषयमा गभर्नर नियुक्तिको विषय