नेपाल प्रेस युनियन स्थापना दिवस : दार्चुुलामा स्वास्थ्य परीक्षण
दार्चुला : नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसरमा दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम गरिएको छ । ३४ औँ स्थापना दिवसको अवसरमा नेपाल प्रेस युनियन दार्चुला शाखाको आयोजनामा स्वास्थ्य कार्यालय दार्चुलाको सहकार्यमा नसर्ने रोगहरुको स्वास्थ्य परीक्षण गरिएको हो । युनियनको साताव्यापी कार्यक्रमअन्तर्गत जेठ १३ गते दार्चुलामा स्वास्थ्य परीक्षण कार्यक्रम आयोजना गरिएको नेपाल प्रेस युनियन दार्चुला शाखाका अध्यक्ष कमल राज जोशीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा मधुमेहको परीक्षण, उच्च रक्तचाप, शरीरको उचाइ