एसइईमा दार्चुलाबाट १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण
दार्चुला : माध्यमिक शिक्षा परीक्षा (एसईई) मा दार्चुलाबाट यसवर्ष १९ दशमलव ९६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । गत चैतमा भएको यस वर्षको परीक्षामा दार्चुलाबाट दुई हजार ५ सय ९५ जना परीक्षार्थी सहभागी भएकोमा १९ दशमलव ९६ प्रतिशत उतीर्ण भएको शिक्षा विकास तथा समन्वय इकाई दार्चुलाले जनाएको छ । एसईई परीक्षाका लागि २ हजार ७ सय ५० जनाले फाराम भरेकोमा २ हजार ५ सय ९५ विद्यार्थी मात्रै परीक्षामा सहभागी भएका









