भोलिदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रम सञ्चालन गर्न ब्याँसको अनुरोध
दार्चुला : भोलिदेखि विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण कार्यक्रम सञ्चालन गर्न विद्यालयहरुलाई ब्याँस गाउँपालिकाले अनुरोध गरेको छ । बुधवार एक सूचना जारी गर्दै शिक्षक तथा विद्यालय कर्मचारीहरुलाई विद्यार्थी भर्ना तथा पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेको हो । गाउँपालिका अध्यक्ष मंगल सिंह धामी र उपाध्यक्ष विनोद सिंह कुँवरद्धारा हस्ताक्षरित सूचनामा चैत २० गतेदेखि काठमाडौं केन्द्रीत शिक्षक आन्दोलनमा ऐक्यवद्धता रहेको जनाएको विद्यार्थीको भविष्यप्रति चिन्तित हुन आग्रहसहित विद्यार्थी भर्ना