गौरालाई मध्यनजर गर्दै खलंगामा मदिराका पसल बन्द
दार्चुला : गौरा पर्वलाई मध्यनजर गरेर दार्चुला जिल्ला सदरमुकाम खलंगाका मदिरा पसल बन्द गरिएका छन् । गौरा पर्वलाई शान्त, भयरहित वातावरणमा सम्पन्न गर्नका लागि मदिरा विक्रीवितरण तथा सेवनमा रोक लगाइएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । खलंगा बजारका सबै मदिरा पसल बिहानैदेखि प्रहरीले बन्द गराएको थियो । सुदूरपश्चिममा मनाइने गौरा पर्वको मुख्य दिन आज अठ्यावाली भएपनि अठ्यावाली पछि खेलहरु हुने भएकाले गौरा पर्व समापन नहुँदासम्म मदिराको कारोबारमा रोक लगाएको