सीआरडीएस नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न
दार्चुला : गैरसरकारी संस्था सामुदायिक ग्रामिण विकास समाज नेपालको सामाजिक लेखा परीक्षण कार्यक्रम सम्पन्न भएको छ । संस्थाले आइतवार दार्चुला जिल्ला सदरमुकाम खलंगामा आफ्नो कार्य क्षेत्रका गतिविधिसहित सन २०२४ भित्र भए गरेका कार्यक्रम तथा बजेट बारे सरोकारवालाहरुको सहभागितामा सामाजिक लेखा परीक्षण कार्यक्रम गरेको हो । दार्चुलाको दुहुँ गाउँपालिका, महाकाकाली नगरपालिका र मालिकार्जुन गाउँपालिकामा कार्य क्षेत्र बनाएर काम गरिरहेको सीआरडीएस नेपालले संस्थाको परिकल्पना, समन्वय र सहकार्यमा गरेका प्रयास तथा कार्यसम्पादनको लेखाजोखा