‘जनयुद्ध’ दिवसमा दार्चुलाको नौगाडमा आज सार्वजनिक बिदा
दार्चुला : दार्चुलाको नौगाड गाउँपालिकाले ‘जनयुद्ध’ दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बुधवार एक सूचना जारी गर्दै पालिकामा सार्वजनिक बिदा दिएको हो । गाउँ कार्यपालिका बैठकको निर्णय अनुसार फागुन १ गतेलाई जनयुद्ध दिवसको रुपमा सार्वजनिक बिदा दिने निर्णय भएको पालिकाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । बिहीवार जनयुद्ध दिवसको अवसरमा अत्यावश्यक सेवा बाहेक गाउँपालिकाको कार्यालय र अन्तर्गतका कार्यालयहरु तथा शैक्षिक संस्थाहरुमा सार्वजनिक बिदा रहने गाउँपालिकाले जनाएको छ ।










