आत्महत्या दुरुत्साहनका आरोपीलाई धरौटिमा छोड्न उच्चको आदेश

आत्महत्या दुरुत्साहनका आरोपीलाई धरौटिमा छोड्न उच्चको आदेश

दार्चुला : सम्पाल माविका प्रधानाध्यापक बलदेव सिंह धामी आत्महत्या प्रकरणमा पुर्पक्षका लागि कारागार चलान गरिएका ८ जनालाई धरौटीमा छोड्न आदेश आएको छ । उच्च अदालत दीपायलको महेन्द्रनगर इजलासले जिल्लाको आदेश बदर गर्दै ८ जनालाई धरौटीमा छोड्न आदेश दिएको हो ।

अदालतको आदेशअनुसार परमानन्द भट्ट र दलिदत्त भट्टलाई जनही दुई लाख रुपैयाँ, खिमानन्द भट्ट, हरिदत्त भट्ट, पुष्कर राज भट्ट र पदम राज भट्टलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा नरेन्द्र दत्त भट्ट र विक्रमसिंह कुँवरलाई जनही एक लाख रुपैयाँ धरौटी माग गरिएको छ ।

प्रतिवादीहरूलाई तारिखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ । मागबमोजिमको धरौटी दिन नसके कानुनबमोजिम गर्नसमेत आदेशमा उल्लेख छ ।

ब्यास गाउँपालिका– ४, सुन्सेरास्थित सम्पाल माविका प्रधानाध्यापक धामीले फेसबुकमा लामो स्टाटस लेख्दै आत्महत्या गरिएको अवस्थामा फेला परेका थिए । मृत्युअघि उनले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई आधार बनाएर प्रहरीले आत्महत्या दुरुत्साहनमा अनुसन्धान अगाडि बढाएको थियो ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *