कञ्चनपुर : नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, कञ्चनपुरमा कार्यरत प्रहरी हवल्दार कुमारी शान्ति भट्ट असोज महिनाको उत्कृष्ट प्रहरी (Best Police of the Month) घोषित भएकी छन्। कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिपेन्द्र शाहीको प्रमुख आतिथ्यतामा प्रहरी हवल्दार भट्टलाई उत्कृष्ट प्रहरीका रूपमा सम्मान गर्दै प्रशंसापत्र प्रदान गरिएको हो।
भट्टलाई कार्यसम्पादन, अनुशासन, आचरण तथा पृष्ठपोषणलगायतका आधारमा उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरले जनाएको छ।
उत्कृष्ट प्रहरीका रूपमा सम्मानित भएसँगै भट्टको कार्यसम्पादनको प्रशंसा गर्दै आगामी दिनमा समेत जिम्मेवारीप्रति प्रतिबद्ध रही प्रहरी संगठनको गरिमा र प्रतिष्ठा अभिवृद्धिमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यो खबर तपाईंलाई कस्तो लाग्यो?

