मालिकार्जुनमा पशु स्वास्थ्य शिविर, दुई वडाका आठ सय बढी पशुलाई सेवा

मालिकार्जुनमा पशु स्वास्थ्य शिविर, दुई वडाका आठ सय बढी पशुलाई सेवा


दार्चुला : जिल्लाको मालिकार्जुन गाउँपालिकामा पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोग तथा सामुदायिक ग्रामीण विकास समाज नेपाल दार्चुलाद्वारा सञ्चालित ’एकीकृत सामुदायिक विकास परियोजना’अन्तर्गत मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ र ४ मा शिविर सञ्चालन गरिएको हो ।

सोमवार मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ मडमा आयोजना गरिएको शिविरमा एक सय पाँच जना कृषकका पाँच सय पाँच बाख्रालाई जुकाको औषधि, भिटामिन तथा क्याल्सियम लगायतका आवश्यक औषधिहरू निःशुल्क वितरण गरिएको एकिकृत सामुदायिक विकास परियोजनाका परियोजना अधिकृत मनोरथ प्रसाद जोशीले जानकारी दिए ।

वडा नम्बर ३ का अध्यक्ष मदन सिंह धामीको प्रमुख आतिथ्यता रहेको शिविरमा गाउँपालिकाका पशु शाखा प्रमुख तथा भेटरिनरी शाखाका प्राविधिकहरुको सहभागिता रहेको थियो ।

यस्तै मंगलवार वडा नम्बर ४ ऐरिछनामा पनि एक दिने पशु स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त शिविरमा ४७ किसान लाभान्वित भएका छन् । उनीहरुका दुई सय ९७ बाख्रालाई जुकाको औषधि, भिटामिन र क्याल्सियम वितरण गरिएको परियोजना अधिकृत जोशीले बताए । पशु स्वास्थ्य शिविर वडा नम्बर ४ का कार्यवाहक अध्यक्ष ईन्द्र सिंह धामीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा गाउँपालिका पशु शाखा प्रमुख एवं वडाको भेटरिनरी शाखाका प्राविधिकहरुको सहभागिता रहेको थियो । गाउँघरमै पशुहरुको स्वास्थ्य शिविर सञ्चालन भएपछि पशुपालन कृषकहरूलाई रोगको निदान र जाँचमा सहज भएको छ ।

यो खबर तपाईंलाई कस्तो लाग्यो?

Loading spinner

Leave a Reply

Your email address will not be published. Required fields are marked *